Saturday, April 18सत्यम खबर
Shadow

शेखमाथी भएको हातपातको घटनाप्रति युनियन बाँकेकाे गम्भिर ध्यानाकर्षण

नेपालगन्ज, २६ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित वडा कार्यालयमा समाचार संकलन गर्न पुगेका प्रभात घोषणा राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत सञ्चारकर्मी सलामत अलि शेखमाथी भएको हातपात एवम् दुर्ब्यबहारको घटनाप्रति नेपाल प्रेस युनियन बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सेवाग्राहीलाई लामो समयदेखी सिफारिस रोकेको भन्दै बिहीबार बिहान वडा नम्बर १८ का स्थानीय बासिन्दाहरु वडा कार्यालयमा पुगेका बेला विवाद उत्पन्न भएको थियो । वडाअध्यक्षको कार्यकक्षमा उत्पन्न भएको विवाद सम्बन्धी भिडियो खिच्ने क्रममा वडा नम्बर १८ का वडाअध्यक्ष दीपककुमार बर्माले एक्कासी आएर आफ्नो घाँटी समात्दै मोबाईल खोस्ने प्रयास गरेको र वडाअध्यक्षकै निर्देशनमा त्यहाँ पुगेका प्रहरीले आफुलाई घिर्सादै बाहिर गेटसम्म पुर्याएको पीडित शेखले बताएका छन् । 

युनियन बाँकेका सचिव विजय मल्लले बिहीबार एक विज्ञप्ती जारी गर्दै सञ्चारकर्मी शेखमाथी भएको घृणित खालको यस घटनाले स्वतन्त्र पुर्वक समाचार संकलन गर्न पाउने सम्बैधानिक अधिकार कुण्ठित गर्ने प्रयास गरेको ठहर गरेका छन् । 

‘उक्त घटनामा संलग्न ब्यक्ति उपर आवश्यक छानविन गरी कानुनी कारबाहीको दायरामा ल्याउन युनियन बाँके शाखा सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ, साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र पत्रकार तथा सञ्चारकर्मीलाई भयरहित ढंगले समाचार संकलन गर्न पाउने वातावरण सिर्जना गर्न सबै पक्षसँग माग गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *