
काठमाण्डौ, २० जेष्ठ –प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ ऋण सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण भएको बताएका छन्। शनिबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

अहिले एसियाकै रास्ट्र कुराको अन्त प्रधानमन्त्री शेर बहादुर देउवाले गरि दिएका छ्न । ‘बीआरआई ऋण हो। यसमा राष्ट्रिय सहमति खोजिन्छ। त्यसपछि अघि बढिन्छ,’ उनले भने। आफूले कालापानी–लिपुलेक र लिम्पियाधुराका विषयमा पटकपटक बोलिसकेकाले आफ्नो सरकारको धारणा पनि त्यही भएको उनले बताएका थिए। यस्तै सीमा सुरक्षाका लागि बीओपी थपिँदै जाने उनको भनाइ छ।
