
काठमाण्डौ, २० जेष्ठ –भारतको अनुदान सहयोगकामा कास्कीको ढाँडेबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले भवनको मंगलवार उद्घाटन गरेकी हुन् ।

यो विद्यालय कास्कीको पुरानो विद्यालय हो । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा यो विद्यालयको भवन वनेको हो। ३ करोड ६३ लाखको लागतमा विद्यालय भवनको निर्माण भएको जनाइएको छ ।
