Wednesday, April 22सत्यम खबर
Shadow

भारतीय अनुदानमा निर्मित माविको भवन उद्घाटन

कास्की, १९ जेष्ठ – भारतको अनुदान सहयोगकामा कास्कीको ढाँडेबेसीस्थित आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ । भारतकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले भवनको मंगलवार उद्घाटन गरेकी हुन् ।
यो विद्यालय कास्कीको पुरानो विद्यालय हो । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा यो विद्यालयको भवन वनेको हो। ३ करोड ६३ लाखको लागतमा विद्यालय भवनको निर्माण भएको जनाइएको छ ।


परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो।
भारतले २००३ यता नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेको जनाइएको छ । ती मध्ये कास्की जिल्लाका ११ सहित गण्डकी प्रदेशमा ५७ वटा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *