Thursday, May 7सत्यम खबर
Shadow

“आफू जिते जानकीको सबै वडामा एम्बुलेन्स सेवा प्रदान गर्ने”: हिमान्सु यादव

जानकी, २५ बैशाख – जानकी गाउँपालिकाका सबै वडामा एम्बुलेन्स सेवा प्रदान गरिएको अध्यक्षका उम्मेदवार हिमान्सु यादवले बताउनुभएको छ ।
जानकी वडा नं. ४ मा आयोजित घरदैलो कार्यक्रमलाई सम्बेधन गर्दै अध्यक्षका उम्मेदवरा यादवले यस्तो बताउनुभएको हो । स्थानिय तहको निर्वाचनमा एमालेका उम्मेदवार यादवलाई विजयी बनाए जानकी गाउँपालिकाका हरेक वडामा एम्बुलेन्स प्रदान गरि नागरिकलाई सेवा प्रवाह गर्ने बताउनुभएको छ ।


गाउँपालिकाका सबै नागरिकलाई सहज हुने स्थानमा ५० सैयाको सुविधा सम्पन्न अस्पताल ५ बर्ष भित्रमा निर्माण गरिने अध्यक्ष पदका उम्मेद्वार यादवले बताउनुभएको छ । गाउँपालिका भित्र रहेका सबै सुगर, प्रेशर, आँखा, दाद, पाठेघरका विरामीलाई निशूल्क घरमै सेवा प्रदान गरिने समेत यादवले बताउनुभयो ।
पालिका सवै नागरिकको स्वास्थ्य विमा गरिने छ र घर घरमै स्वास्थ्य विमा कार्यक्रम लागु गरिने अध्यक्षका उम्मेद्वार यादवले बताउनुभयो । दुव्यसन मुक्त पालिका बनाउनको लागि अभियान चलाईने लगायत मृगौला पिडितको लागि नियमित डायलासिस गर्नु पर्ने विरामीको लागि रु १ लाख सम्म सहयोग प्रदान गरिने उहाँले बताउनुभयो । बालवालिकाको मुटुको भल्वको उपचारका लागि रु १ लाखसम्मको सहयोग प्रदान गरिने अध्यक्षका उम्मेदवार यादवले बताउनुभयो ।
गाउँपालिकाका ८० बर्ष माथि पुगेका जेष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै आकस्मिक विरामी बाहेक अनिवार्य रुपमा ३ महिनामा एक पटक घरमै स्वास्थ्य सेवा प्रदान गरिने उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *