Thursday, May 7सत्यम खबर
Shadow

जानकी वडा नं. २ का मतदाताको मनमा हिमान्सु यादव

जानकी, २५ बैशाख – जति जति स्थानिय तहको निर्वाचनको मिति नजिंकिदै गएको छ उति नै उम्मेदवारहरुको घरदैलो अभियानमा होडवाजी चलेको देखिन्छ । बाँकेका हरेक स्थानिय तहमा आफ्नो पडक बलियो बनाउन हरेक पार्टीले होडवाजी नै चलाएको देखिन्छ ।
तर जानकी गाउँपालिकाको बेलभारमा स्थानिय जनता स्वस्फुर्त एमालेको प्रचारप्रसारमा उत्रिएको दृश्य देखियो । जानकी २ बेलभारका जनता सयौको संख्यामा घरदैलोमा जानकी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हिमान्सु यादव, उपाध्यक्ष भुमिसरा धिताल र जानकी २ का वडा अध्यक्षका उम्मेदवार किशोर थापा लगायत जानकीका ६ वटै वडा जिताउन नाचगान सहित घरदैलोमा लागेका थिए ।


स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा स्थानीय तथा राजनैतिक विश्लेषण गर्नेहरुले आ–आफ्नो तर्क अगाडी सार्न थालेका छन् । जानकीमा एमालेको माहोल, चुनावमा उत्रीएका उम्मेदवार र जानकीमा एमाले प्रतिको जनताको लहर हेर्ने हो भने एमालेको पडक राम्रो मानिन्छ । एमाले जानकीमा नेकपा एमालेबाट अध्यक्षमा हिमान्सु सिंह यादव, उपाध्यक्षमा भुमिसरा धिताल चुनावी मैदानमा उत्रीएका छन् । हिमान्सु यादव स्व. राम निवास यादवका जेष्ट सुपुत्र हुन् ।
घरदैलो अभियानमा स्थानीयको अथाह स्नेह र साथ पाएका हिमान्सु यादवलाई स्थानीयले स्व. राम निवासको रुपमा हेरेका छन् भने उनी जहाँ जहाँ पुग्छन् स्थानीयले जितको शुभकामना सहित आशिर्वाद दिएका छन् । हिमान्सु यादव नै हाम्रो जानकीको भबिष्य हो भन्दै स्थानीयहरु चुनावी ¥यालीमा सहभागी बनेका दृश्यले पनि जानकीमा एमालेको चुनावी अभियान राम्रो रहेको छ ।


उता एमालेले जानकीको उपाध्यक्षमा नेकपा एमाले बाँकेका उपसचिव तथा जानकी गाउँपालिकाका पुर्व उपाध्यक्ष चुनिन सफल भुमिसरा धिताललाई अगाडी सारेको छ, धितालको जानकीमा राम्रो राजनैतिक र भौगोलिक समर्थन रहेको पाइन्छ । त्यस्तै एमालेले जानकीको वडा नम्बर दुईमा चर्चित युवा नेता किशोर थापालाई अध्यक्षमा उठाएको छ ।
थापा बाँकेको राजनीतिमा नै प्रभाव पार्ने नेताको रुपमा चिनिन्छन् । त्यस्तै एमालेले जानकीका वडाहरुमा राम्रो पकड र प्रभावशाली नेताहरुलाई अध्यक्षमा उतारेको छ । वडा नम्बर पाँचमा रमेश बर्मा, वडा नम्बर ६ मा सुरेश यादव जस्ता जानकी गाउँपालिका मै प्रभाव राख्ने नेताहरुलाई वडामा उतारेको छ जसको प्रभाव पुरै जानकीको राजनीति हिसाब किताब बदल्न सक्ने हैसियत राख्छन् ।


यस्तै जानकी गाउँपालिका वडा नं. २ बेलभारका होनहार माओवादी नेताद्वय एमालेमा प्रबेश गरेका छन् । जानकी गाउँपालिका वडा नं. २ को बेलभारमा आयोजित एमालेको घरदैलो कार्यक्रममा जानकी गाउँपालिका वडा नं. २ वाट २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित वडा सदस्यद्वय जयराम काँदु र दिल प्यारी कादु एमालेमा प्रबेश गर्नुभएको हो ।
जानकी २ मा १५ बर्षदेखि निरन्तर माओवादीमा सक्रिय युवा नेता जयरामको पकड राम्रो रहेका छ । यस अघि जानकीमा वडा सदस्य समेत रहेका रजनी शर्मा पनि एमालेमा प्रबेश गर्नुभएको छ । जानकी २ को बेलवामा आज सयौ एमाले कार्यकर्ताको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *