
नेपालगन्ज, २३ बैशाख – नेपालगन्ज भित्र हरियाली र सरसफाई कायम गर्ने राप्रपाका तर्फबाट मेयरका उम्मेदवार नन्दलाल वैश्यले गरेका छन् । नगरको बाटो छेउछाउ र सरकारी जग्गा पहिचान गरि बृक्षरोपण गर्ने बताएका छन् ।
नगरको सुर्खेत रोडको सौन्दर्यकरणका लागि बाटोको विचभागमा फुलहरुलाई स्यहार शुसार गर्ने र नया अर्कार्षक फुलहरु रोपेर हरियालीमय बनाउने प्रतिबद्धता मेयर पदका उम्मेदवार वैश्यले गरेका छन् । त्यति मात्र नभएर सौन्दर्यकरणमा मुख्य नेपालगन्जको फोहोर समयमा उडाउने र छिटो छरिटो व्यवस्थापन गर्ने प्रतिबद्धता गरेका छन् । नगरपालिकाले फोहोर उठाउने कर्मचारी धिलो फोहोर उठाउने भएकोले फोहोर व्यवस्थापन समय मै गर्ने बताए ।

वैश्य आज नेपालगन्ज उपहानगरपालिकाको वडा नं. १८ मो घरदैलो गर्दै कोण सभा कार्यक्रम गरेका थिए । उनले नेपालगन्जको बजार क्षेत्रको विकास भैसको र गाउँको पनि मुख्य बाटोको विकास भए पनि टोल टोलको बाटो बन्न सकेको छैन, उनले भने मलाई भोट दिएर जिताउनु होस हरेक वडाको टोल टोलमा पक्की बाटो ५ बर्ष भित्र निर्माण गर्ने प्रतिबद्धता गरे । उनी विहानैदेखि वडा नं. १८ को वडाको टोल टोलमा गएर बृद्धबृद्धासँग भेट गरे आफ्नो प्रतिबद्धता राखे । आफुले मेयर पदको चुनाव जित्न सफल भए बृद्धा भत्ता घर घर भै वितरण गर्न लगाउने बताए ।
राप्रपाको एजेन्डा देखेर नेपालगन्ज नगरबासी पनि उत्साहित भएका छन् । यो भन्दा पहिलै राप्रपाबाटै २०७४ सालको स्थानिय तहको निर्वाचनमा धवल शम्शेर राणाले नेपालगन्ज उपमहानरपालिका ५ बर्ष चलाई सकेका छन् । उनी भारी मतले विजय भएका थिए ।
