Monday, May 4सत्यम खबर
Shadow

जानकी ३ मा शुक्लाको जीत निश्चित छ

जानकी, २३ बैशाख – स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा नेकपा एमाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । सोही क्रममा पार्टीले शुक्रबार जानकी वडा नम्बर ३ मा घरदैलो कार्यक्रम गरेको छ ।
नेकपा एमाले वडा नं ३ निर्वाचन परिचालन कमिटीका संयोजक आबाद सिद्धिकीका अनुसार यस पटकको निर्वाचनमा जनताले अत्यधिक मत दिएर सूर्यध्वाजा बहाक उम्मेदवार बिजयी हुने बताउनु भयो ।


अध्यक्ष सहित वडाका सबै सदस्य र नेकपा एमालेका नेता कार्यकर्ता सूर्यध्वाजा बहाक उम्मेदवारलाई निर्वाचित गराउन मतदाताको घरदैलोमा पुगेका छन् । पालिका अध्यक्षका उम्मेदवार हिमान्शु यादव र उपाध्यक्षका उम्मेदवार भुमिसरा धिताललाई समेत विजयी गराउन वडा नं ३ का मतदाता जुटेको संयोजक आबाद सिद्धिकीले बताउनु भयो ।


जानकी ३ अन्तर्गत विभिन्न टोलमा घरदैलो कार्यक्रम गरिएको नेकपाबाट जानकी ३ को वडा सदस्य पदका उम्मेदवार बब्लु सिद्दिकीले बताए ।
घरदैलोमा नेकपा एमालेलाई वडामा विजय गराउने स्थानीय मतदाताहरुले प्रतिबद्धता जनाएको उम्मेदवार तुलसीराम शुक्लाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *