Monday, May 4सत्यम खबर
Shadow

सिक्नुपर्ने संस्कारः प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिंदै हिमान्शु यादव

जानकी, २३ बैशाख – नेताहरुले एकअर्का बिरुद्ध गर्ने तुच्छ व्यवहारबाट नेपाली राजनीति आलोचित छ । गाली मात्र होइन निर्वाचनको बेला त भौतिक आक्रमण मै उत्रिने तहसम्मको व्यवहार हुन्छ । यही कारणले समाजमा परिवार परिवार, छिमेकी छिमेकी बीच झगडा हुन्छ ।


तर बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव अपवाद देखिए । शुक्रवार घरदैलो अभियान गरिरहेका यादवले प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद दिए । त्यो दृश्य देख्ने जोकोहीले यादवले राजनीतिमा अनुशासनको पाठ सिकाएको भन्दै प्रशंसा गरेका छन् ।


जसपाको उम्मेदवार राजीब कुर्मीका बुवा प्रेम कुर्मीलाई उनले ढोगेका थिए । नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले यादवले देखाएको राजनीतिक अनुशासन उदाहरणीय भएको बताए । उनले भने– ‘यो राजनीतिक संस्कार नेपालमा अभाव हुँदै गएको छ, हिमान्शु उदाहरण बने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *