नेपालगन्ज, १२ भाद्र – बाँकेका विभिन्न आइसोलेसनबाट आज शुक्रबार ११ जना निको भाई घर फर्किने भएका छन् । जसमध्ये महिला ३ र पुरुष ८ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
फोकल पर्शन श्रेष्ठका अनुसार हालसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर जाँच हुँदा ९ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६ सय ९३ जना निको भई घर फर्किसकेका छन् ।
विभिन्न आइसोलेसनमा २ सय ५७ जना उपचाररत रहेका छन् । ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको छ । बाँकेमा आसोलेसन बेड ६ सय ३, आइसियु बेड ५३, भेन्टिलेटर २१, आइसोलेसन सेन्टर र अस्पताल संख्या १४, क्वारेन्टाइनमा १ सय ९० जना, विगत २४ घण्टा भित्र ३६ जना कोरोना पोजेटिभ थपिएका छन् भनी फोकल पर्शन श्रेष्ठले पठाएको म्यासेजर सूचना र रिपोर्टमा उल्लेख गरिएको छ ।