Thursday, April 23सत्यम खबर
Shadow

रमेशचन्द्र कुम्हार ‘काला कौवा’ मेयर पदका उम्मेदवार

नेपालगन्ज, १२ बैशाख – रमेशचन्द्र कुम्हार ‘काला कौवा’ जनता प्रगतिशील पार्टी नेपालको तर्फबाट नेपालगन्ज उमनपाको मेयर पदका उम्मेदवार भएका छन् ।

सोमवार दिन काला कौवा कुम्हारले निर्वाचन कार्यालयमा पुगी मेयर पदको उम्मेदवारी दर्ता गराएका हुन् । उनको चुनाव चिन्ह पुरुषको काँधमाथि राखेको फरुवा रहेको छ ।

जनता प्रगतिशील पार्टीको तर्फबाट मेयर पदका उम्मेदवार रमेश चन्द्र कुम्हार (काला कौवा) त्यस्तै उपमेयर पदमा आरती मिश्रा (पिंकी) उम्मेदवार रहेकी छिन् ।

मेयर पदमा नामांकन दर्ता गराएपछि काला कौवाले समाचार रेखा राष्ट्रिय दैनिकसँग कुराकानी गर्दै भने, वर्तमान मेयर डा. धवल शम्शेर राणाले नगरको विकास आशातीत रुपमा गर्न सकेनन् । तपाईले हेरी रहनु भएको छ कि नगरमा लामखुट्टेको बिगबिगी छ, नगरभरी फोहोर मैलाको डंगुर छ ।

उपमहानगरपालिकामा रिंगरोड, बाइपास, पार्किंगको पूर्वाधार उनले खडा गर्न सकेका छैनन् । सडकमा आकाशे पुल निर्माण नगरिएकोले विभिन्न दुर्घटनाहरुमा बढोत्तरी भएको छ मलाई नगरवासीले सेवाको मौका दिए सबभन्दा पहिले नगरबाट लामखुट्टे निर्मूल पार्नेछु सो पछि विभिन्न निर्माण विकास कार्य सम्पन्न गर्ने कार्य गराउनेछु भने ।
जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रिय अध्यक्ष हृदयेश त्रिपाठी रहेका छन् । केहि दिनअघि उनले यो नयाँ पार्टी खडा गरेका हुुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *