
नेपालगन्ज, १२ बैशाख – बैसाख ३० हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागी बाँकेको बिभिन्न पार्टीका उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
बाँकेको ८ वटै स्थानीय तहको बिभिन्न पाटीका उम्मेदवारहरूले सोमवार उम्मेदवारी मनोनयन दर्ता गरेको हुन् । नेपालगन्ज उपमहानगरपालिका सत्ता गठबन्धनबाट मेयर र उपमेयर पदका पाएका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजा सहितको र्याली निकाली निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका लागी नेपाली काँग्रेसका नगरसभापति प्रशान्त विष्ट र उपमेयरका पदमा लागी जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएकोे नेपालगन्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी गराउनुभएको छ ।
नेपालगन्जका २३ वटै वडामा दुवै दलबाट वडाअध्यक्ष र वडा सदस्यले पनि छुट्टा छुट्ट उम्मेदवारी मनोनयन दर्र्ता गराएकोे उहाँले जानकारी गराउनुभयो ।
यस्तै नेकपा एमालले नेपालगन्ज उपमहानगरपालिकामा मेयर पद्का उम्मेदवार पशुपतिदयाल मिश्रा र उपमेयर पदका उम्मेदवार शान्ती ढकालले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालगन्ज उपमहानगरपालिका मेयर पदका उम्मेदवार नन्दलाल वैश्य र उपमेयर पद्का उम्मेदवार बिन्दु चर्तिकला मगर लगायत २३ वटै वडाका वडा अध्यक्ष र सदस्यले पनि उम्मेदवारी मनोनयन दर्ता गरेको छन् ।
कम्युनिष्ट पार्टी माओेबादी केन्दले नेपालगन्ज उपामहानगरपालिकामा मेयर, उपमेर गठबन्धनलाई समर्थन गरी आफुखुसी २२ वटा वडामा वडा अध्यक्ष पदका लागी उम्मेदवनरी मनोनयन दर्ता गरेको छन् ।
यस्तै कोहोलपुर नगरपालकामा काँग्रेसले उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेले कोहोलपुर नगरपालिकामा मेयर पद्का उम्मेदवार खिलप्रसाद भुसालले र उपमेयर पद्का उम्मेदवार अस्मिता चौधरीले उम्मेदवारी मनोनयन दर्ता गनुभएको छ ।
राप्रपा कोहलपुरमा मेयर पद्का उम्मेदवार प्रदीपकुमार शाह र उपमेयर पदका उम्मेदवार साबित्री घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । माओबादी केन्द्र पनि कोहलपुर नगरपालिकामा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । खजुरा गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेस र माओबादीले उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।
नेकपा एमालेले खजुरा गाउँपालिकामा विशाल प्रदर्शनसहित मनोनयन दर्ता गरेका छन् । एमाले खजुरा गाउँपालिकाले अध्यक्ष पद्का उम्मेदवार सुमन मल्ल र उपाध्यक्ष पदका उम्मेदवार ताजरुन निशा सहित वडा अध्यक्ष, सदस्यका उम्मेदवार उम्मेदवारी मनोनयन दर्ता गरेकोे छ ।
जानकी गाउँपालिकामा नेपाली काँग्रेस, जनता समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), माओबादी, जनता समाजबादी पार्टी (जसपा)ले उम्मेदवार मनोनयन दर्ता गरेको छ । जानकी गाउँपालिकामा एमाले उमेदवारले उम्मेदवारी दर्ता गरेको छन् ।
एमाले जानकी गाउँपालिकाका उम्मेदवारले बाजागाजा सहित र्याली निकाली उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । जानकी गाउँपालिकाले पालिका अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव, उपाध्यक्ष पदका उम्मेदवार भुमिसरा धितालसहित जानकी गाउँपालिकाको ६ वटै वडाका अध्यक्ष तथा सदस्यलाई उम्मेदवारी मनोनयन दर्ता गराएको छ ।
बैजनाथ गाउपालिकामा नेपाली काँग्रेस, माओबादी, जसपा, राप्रपाले उम्मेदवारी मनोनयन दर्ता गरेको छ । बैजनाथ गाउँपालिकामा एमालेले उम्मेदवार मनोनयन दर्ता गरेको छ । एमालेले बैजनाथ गाउँपालिका पालिका अध्यक्ष पदका उम्मेदवार घननाथ खनाले गरी उपाध्यक्ष पदका उम्मेदवार प्रेमपूर्ण योगी गरी वडा अध्यक्ष वडा सदस्य पदका उम्मेदवारी मनोनयन दर्ता गरेको छ ।
राप्तिसोनारी गाउँपालिकामा नेपाली काँग्रेस, जनता समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), माओबादी, जनता समाजबादी पार्टी (जसपा) ले उम्मेदवार मनोनयन दर्ता गरेको छ । नेकपा एमालेले राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रामदाष थारु र उपाध्यक्ष पदका उम्मेदवार चमेली बाकवलले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
नरैनापुर गाउँपालिकामा नेपाली काँग्रेस, जनता समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), माओबादी, जनता समाजबादी पार्टी (जसपा) ले उम्मेद्वार मनोनयन दर्ता गरेको छ । एमालेले नरैनापुर गाउँपालिकाले अध्यक्ष पदका उम्मेदवार पदमावती यादव र उपाध्यक्ष पदका उम्मेदवार रामकुमार दिक्षितले उम्मेदवारी मनोनयन दर्ता गनुर्भएको छ ।
डुडुवा गाउँपालिकामा नेपाली काँग्रेस, जनता समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), माओबादी, जनता समाजबादी पार्टी (जसपा) ले उम्मेदवार मनोनयन दर्ता गरेको छ । एमालेले डुडुवा गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार सरोज कुमारी यादव र उपाध्यक्ष पदका उम्मेदवार शकिल अहमद खाँले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
