
जानकी, १२, बैशाख – नेकपा एमाले जानकी गाउँपालिकाका उम्मेदवारहरूले दलबल सहित आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरूले ठूलो संख्यामा समर्थक तथा पार्टीका नेता कार्यकर्ता सहित उपस्थित नेकपा एमालेको उम्मेदवारहरूले आ-आफ्नो मनोनय दर्ता गराएका छन् ।
अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव, उपाध्यक्ष पदका उम्मेदवार भुमिसरा धितालसहित जानकी गाउँपालिकाको ६ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरू मनोनयन दर्ता गराएका छन् ।
वडा न १ सोराब खाँ अध्यक्ष, टंककुमारी थापा महिला सदस्य, विट्टी खटिक दलित महिला सदस्य, ओमप्रकाश काँदु खुल्ला सदस्य, आल्मिन राई खुल्ला सदस्य रहेका छन् । 
यस्तै वडा न २ किशोर थापा अध्यक्ष, सरदा यादव महिला सदस्य, रामावती खटिक दलित महिला सदस्य, रामवरन वर्मा खुल्ला सदस्य र केशराम शर्मा खुल्ला सदस्य रहेका छन् । 
वडा न ३ तुल्सीराम शुक्ला अध्यक्ष, गीताकुमारी कमिनी महिला सदस्य, जमुर्ता पासी दलित महिला सदस्य, बब्बु सिद्दिकी खुल्ला सदस्य र लक्षिराम यादव खुल्ला सदस्य रहेका छन् । 
वडा न ४ विश्रामकुमार वर्मा अध्यक्ष, धर्मा थापा महिला सदस्य,विपती सुनार दलित महिला सदस्य, मोहनलाल गडरिया खुल्ला सदस्य र साहदत अलि बागवान खुल्ला सदस्य रहेका छन् । 
वडा न ५ रमेशकुमार वर्मा अध्यक्ष, जानकी काँदु महिला सदस्य, मायादेवी हरिजन दलित महिला सदस्य, कुलेराज वर्मा खुल्ला सदस्य रराजितराम यादव खुल्ला सदस्य रहेका छन् । 
वडा न ६ सुरेश अहिर अध्यक्ष, मायादेवी वर्मा महिला सदस्य, प्रमिला हरिजन दलित महिला सदस्य, रामप्रकट अहिर खुल्ला सदस्यर रामनरेश मौर्या खुल्ला सदस्य रहेका छन् ।
