Friday, June 26सत्यम खबर
Shadow

भारतको सहयोग श्रीलंकाको आर्थिक संकटमा

काठमाण्डौ, २५ चैत्र – आर्थिक संकटबाट गुुज्रिरहेको श्रीलंकालाई भारतले सहयोग गरेको छ । भारतले बुधबार श्रीलंकाका लागि पेट्रोल र डिजलको दुुई खेप पठाएको छ । श्रीलंकास्थित भारतीय दूतावासले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । दूतावासका अनुसार ३६ हजार मेट्रिकटन पेट्रोल र ४० हजार मेट्रिक टन डिजेल श्रीलंका पठाइएको छ ।

भारतले हालसम्म श्रीलंकालाई २,७०,००० मेट्रिकटन इन्धन पठाएको जानकारी दूतावासले दिएको छ । भारतले इन्धनका अलवा श्रीलंकालाई अन्य कयौ किसिमका सहायता पठाइरहेको छ । यसमा अन्न र औषधी प्रमुख छन् ।

श्रीलंकाको सरकारले कयौं पटक भारतको यो सहयोगप्रति आभार व्यक्त गरेको छ । श्रीलंकाका कयौ परिचित हस्तीले भारतका तर्फबाट श्रीलंकालाई भइरहेको सहयोगका लागि भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *