
सकिल अहमद राई
नेपालगन्ज, ११ चैत्र – जानकी गाउँपालिकाको वडा नं ३ इन्द्रपुर स्थित शुक्ला जर्नल स्टोर विहिबार राति चोरी भएको छ ।
स्टाेर सञ्चालक शुक्लाका अनुसार आज विहिबार राति करिब १२ बजेदेखि ४ बजेबीच टिनको सटर काटेर चोरहरुले चोरी गरेको शंका रहेकाे बताएका छन् । दुकानमा रहेका विभिन्न सामग्रीहरू तोड फोड गरी १ लाख भन्दा बढिको सामान चोरी गरेर लागेका छन् ।
आज बिहान उठेर राजेशकुमार शुक्लाले दुकान खोल्ने क्रममा दुकानको हालत देखेर चकित भएकाे बताउँदै चाेरी घटना बारे स्थानिय प्रहरीलाई जानकारी गराइएकाे जनाए ।
