Monday, April 13सत्यम खबर
Shadow

नेपाली सेनालाई भारतीय सेनाको निरन्तर सहयोग, थप एक लाख डोज खोप हस्तान्तरण

काठमाण्डौ, २० फागुन – भारतीय सेनाले नेपाली सेनालाई निरन्तर सहयोग गर्दै आएको छ । विभिन्रुन सैन्य उपकरणका साथै सुरक्षा चासोका सामग्रीहरु नेपाली सेनालाई भारतले सहयोग गर्दै आएको छ ।

कोरोना महामारीको पछिल्लो समयमा भारतीय सेनाले नेपाली सेनालाई विभिन्रुन स्वास्थ्य सामग्रीहरु प्रदान गर्दै आएको छ । फागुन १२ गते भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको कोरोना खोप उपहारस्वरुप प्रदान गरेको छ ।

नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण गरेका हुन् ।

भारत सरकारको ‘खोप मैत्री’ योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई सो खोप उपहार स्वरुप प्रदान गरेको हो । यसअघि पनि भारत सरकारले नेपाललाई खोप उपलब्ध गराएको थियो । कार्यक्रममा लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरे । सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामग्री, एम्बुलेन्सलगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ ।

भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ । (नेपाल पाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *