
देवीशरण शुक्ला
जानकी, १९ फागुन – बाँकेको जानकी गाउँपालिका अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखा बाँकेको आयोजनामा गाउँपालिका स्तरीय निबन्ध तथा चित्रकला गराएको छ ।
जानकी गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा उजागर गर्नका लागि गाउँपालिका स्तरीय निबन्ध प्रतियोगिता कक्षा ६ देखि १० सम्मका विधार्थीहरू बीच सम्पन्न गराईएकाे शिक्षा शाखा अधिकृत प्रतिभा ओली खड्काले जानकारी दिनुभएको छ ।
कक्षा ६,७ र ८ विद्यार्थीको निबन्ध प्रतियोगितामा शिर्षक मेरो देश रहेको थियो । जसमा प्रथम रहेका सोयला गुप्ता बालविकास इंग्लिश मिडियम स्कूल कक्षा ८ रहेकी छिन् भने द्वितीय स्थानमा रहेका कक्षा ८ का सञ्जना यादव ब्राइट स्टार इंग्लिश मिडियम स्कूल, तृतीय स्थानमा कक्षा ८ कि सृष्टि वर्मा बाल विकास इंग्लिश मिडियम स्कूल तथा सान्त् वना सीता घर्ती रहेका थिए । जसमा प्रथम, द्वितीय, तिर्तिय तथा सान्तवनाको लागि झोला, कपी पुरस्कार प्रदान गरिएकाे थियाे ।
त्यसैगरी मावि तर्फको निबन्ध प्रतियोगिता शिर्षक “विद्यार्थी जीवनमा अनुशासन”को महत्व रहेको थियाे । जसमा भाग लिएको कक्षा ९ र १० का विद्यार्थी थिए । जसमा प्रथम स्थानमा कक्षा १० का शिवा सिंह बालविकास इंग्लिश मिडियम स्कूल, द्वितीय स्थानमा कक्षा १० का काजल गुप्ता बाल विकास इंग्लिश मिडियम स्कूल, तृतीय स्थानमा कक्षा १० का प्रमानन्द पासी रहेका छन् भने सान्त्वना स्थान कक्षा १० का प्रवेशकुमार वर्मा ब्राइट स्टार इंग्लिश मिडियम स्कूलका रहेका थिए । प्रथम, द्वितीय, त्रृतीय र सान्त्वना पुरस्कार प्राप्त सबै जनालाई झोला कापी प्रदान गरिएकाे थियाे ।
साथै साथ निमावि तर्फका चित्रकला प्रतियोगिता शिर्षक “मेरो मनपर्ने विद्यालय” रहेको थिए । कक्षा ४ र ५ का विधार्थीहरूकाे लागि चित्रकला प्रतियोगिता गरिएकाे थियाे ।जसमा प्रथम स्थानमा कक्षा ४ का सृजना बुढामगर जानकी मावि, द्वितीय स्थानमा कक्षा ५ की शिवानी कोरी नेरा प्रावि इन्द्रपुर, त्रृतीय स्थानमा कक्षा ५ की पलक सिंह बालविकास इंग्लिश मिडियम स्कूल तथा सान्त्वना कक्षा ५ कि अस्मिन् बेगम राई नेरा प्रावि पचपोखरा रहेका थिए । विजयी सबै विार्थीहरूलाई झोला कापीबाट पुरस्कृत गरिएकाे थियाे ।
कार्यक्रममा उपस्थित गाउँपालिका कावा अध्यक्ष भुमीसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, वरिष्ठ कलाकर तथा चित्रकार श्यामानन्द सिंह ठकुरी, प्रआहरु, शिक्षक कार्यक्रम सञ्चालक द्रोण थापा एवम् सत्यम खबर डटकमका पत्रकार सकिल अहमद राईलगायतकाे उपथिती रहेकाे थियाे ।
