Sunday, April 12सत्यम खबर
Shadow

स्थानिय पाठ्यक्रमका लागि दुई दिने प्रशिक्षण सम्पन्न

नेपालगन्ज, १६ फागुन – नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले स्थानीय पाठ्यक्रम निर्माण तथा प्रशिक्षण दुई दिने कार्यसाला सम्पन्न भएको छ ।
विभिन्न बिद्यालयका ३६ बढी शिक्षक तथा शिक्षा बिज्ञहरुको सहभागितामा शिक्षा विश्लेषक तथा पुर्बप्रदेश शिक्षा निर्देशक जितबहादुर शाहले सहजीकरण गर्नु भएको थियो । उहाँले देश भित्र विभिन्न ठाउँका स्थानीय पाठ्यक्रम बनाउन आफुले सघाएको र यो नेपालगन्ज अरुभन्दा फरक र शैक्षिक हब भएकाले यहाँको पाठ्यक्रम विशेष हुनुपर्ने र सम्पूर्ण समुदायका बारेमा उल्लेख हुनु पर्ने बताउनु भयो ।


नगर शिक्षा अधिकारी गोर्ख थापाले स्थानीय पाठ्यक्रम बनाउन निकै चुनौती भए पनि हाम्रो गृहकार्य निकै राम्रो छ र स्थानिए पाठ्यक्रम अरु ठाउँभन्दा उत्कृष्ट हुने बताउनु भयो । बिधालय निरीक्षक लोकेन्द्रबहादुर शाहिले स्थानीय पाठ्यक्रमको महत्व तथा यो बनाउँदा ध्यान दिनुपर्ने सूक्ष्म अध्यन हुनुपर्ने र लोकप्रिय हुनुपर्ने भन्दै शिक्षकहरुलाई जानकारी दिनु भयो ।


विद्यालय निरिक्षक भिमबाहादुर बुढाले स्थानीय पाठ्य क्रमममा समाबेश हुने बुँदाको बारेमा जानकारी दिएका थिए । सो कार्यशाला प्याब्सनका जिल्ला उपाध्यक्ष सरदचन्द्र रावलले स्थानीय पाठ्यक्रम विद्यार्थीहरुका लागि अरु पाठ्य पुस्तक पढे जस्तो बनाउनु हुँदैन र विद्यार्थीमा प्राक्टिकल ज्ञान दिने खालको हुनुपर्नेका साथै स्थानीय पाठ्यक्रमले सबै क्षेत्र समेट्नु पर्ने बताए ।


प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यले स्थानिए पाठ्य क्रममा स्थानिय खेलाडीको चिनारी स्थानिय खेलको संरक्षण तथा पाठ्यक्रममा प्रबिधिका कुरा समेट्नु पर्ने बताए । आदर्श माबी राँझाका प्रधानाध्यापक प्रकाश आचार्यले स्थानिय पाठ्यक्रममा विद्यालयका गतिविधिहरु झल्कने खालका र विद्यार्थीको सिकाईमा प्रत्येक्ष प्रभाव पर्ने खालका पाठहरु समाबेश हुनुपर्ने बताए ।
प्याब्सन सहसचिव हरित अभियान्ता हेमन्त काप्mलेले नयाँ पाठ्य क्रममा विद्यालयको हरियाली रुख वातावरण संरक्षणको कुरा उठ्नु पर्छ भनेर आवाज उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *