Saturday, April 18सत्यम खबर
Shadow

बिृटिस स्कुलमा ईको क्लब

नेपालगन्ज, ४ फागुन – नेपालगन्ज शान्ति नगर स्थित ब्रिटिस ईंग्लिश बोर्डिङ स्कुलमा ईको क्लब गठन गरिएको छ । तेरौ ईको क्लब डेलाई सम्झदै ईको क्लब पुनर गठन गरिएको छ ।
ईको क्लबमा ११ सदस्यिय चयन गरिएको छ । जसको अध्यक्षमा रमेश ओलि, उपाध्यक्षमा सिमरन पौडेल, सचिवमा पबित्रा शाही, सह सचिब ईभा केसि र कोषाध्यक्षमा सबिता शाही रहेका छन् भने अन्य सदस्यहरुमा सरस्वती बडुवाल, निर्मला बुढा, पुष्कर रोकाय, दिपिका मिश्र र ओनिर काफ्ले चयन भएका छन् ।


ईको कल्बलाई प्रशिक्षण विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफले गरेका थिए । विद्यालयका सस्थापक अध्यक्ष निरज शाहले कलब गठन भएको मा निकै खुसी हुँदै कल्बका काम कर्तव्यका बारेमा प्रकाश पार्नु भएको थियो ।
बिद्यार्थीहरु निकै उत्साहित भएर विभिन्न प्रश्नहरु सोधेका थिए । सो अबसरमा क्लबका सदस्यहरुले निमको बिरुवा विद्यालय परिसरमा लगाएका थिए ।


यो बिरुवालाई लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्यलाई पनि जोडिएको र प्रदेश स्थापना अवसरको सम्झना यो निमको बिरुवाले गराउने छ भनी प्रअ काफ्लेले बिद्यार्थीहरुलाई बताए । क्लब गठन भएकोमा निकै खुसी लागेको छ भनेर कक्षा आठ कि छात्रा सबिता शाहीले भनिन् ।
विद्यालयमा गरिने अबका अतिरिक्त क्रियाकलापहरुलाई विद्यालयको ईको क्लबलाई जिम्मा दिई सक्रिय गराउने र विद्यालयको हरित बातावरणका लागि निकै राम्रो काम गर्ने र संरक्षण क्षेत्रको लागि निकै टेवा पुग्ने प्रधानाध्यापक काफ्ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *