
नेपालगन्ज, ४ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १०मा नेकपा एमालेको भातृ संगठन युवा संघ गठन भएको छ ।
राजेन्द्र आरसीको अध्यक्षतामा २१ जना युवाको वडा कमिटि गठन भएको हो । जसमा उपाध्यक्ष पारस साहु, सचिव कुसुम बडवाल रहेका छन् । यसैगरी सदस्यहरुमा किशान साहु, मुकेश साहु, करन वेश, मेहना साहु, प्रसान्त शर्मा, विक्रान्त मण्डल, मनिसा श्रेष्ठ, आरोग्य रावल, मनि फडे, पवन शर्मा, टेड वहुवाल, हरि वि.सी. लगायतका रहेका छन् ।
भेलामा नेपालगन्ज उप–महानगरपालिका नगर अध्यक्ष दत्तप्रसाद आर्चायले युवा भनेका आजका कणधार भोली देश हाक्ने शक्ति भएका कारण राजनीति बुझ्न जरुरी रहेको बताउँदै अबको देश हाक्ने युवा भएका हुनाले वडा वडाका युवाहरु संगठीत भएर राजनीतिमा लाग्न जरुरी रहेको बताउनु भयो । अध्यक्ष आचार्यले आगामि चुनाब जित्न पनि युवाहरुको ठूलो भुमिका रहने हुँदा सबै वडामा युवा संघ गठन गर्नुपर्ने बताउनु भयो ।
यसैगरी नेकपा एमाले बाँके जिल्ला कमिटि सदस्यहरु अशोक कर्माचार्य, मधु भुसाल, भिम कडेल, सरला विष्ट लगायतले युवाले राजनीति बुझेर देशलाइ सहि बाटोमा डोर्याउन दवाव दिनु पर्ने देशमा महङ्गी बढेको हुनाले युवाहरुले खबरदारी गर्न जरुर रहेको बताएका थिए ।
यसैगरी वडा नं.१०मा अनेमसंघ यस अघि नै गठन भैसकेको अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेलले जानकारी गराउनु भयो । उहाँले पाटीलाइ बलियो बनाउन पार्टीका सबै जनवर्गीय संगठनहरु चलाएमान हुनुपर्ने पनि बताउनु भयो ।
