
बर्दिया, २९ माघ – भारद्ध्ज पाखरेलको जिल्ला भेला बर्दियामा सम्पन्न भएको छ । भेलामा मा.कुलप्रसाद पोखरेल, पोखरेल समाजका केन्द्रिय उपाध्यक्ष अछरी पोखरेल, केन्द्रिय सदस्यहरु विष्णुप्रसाद पोखरेल, कृष्णप्रसाद पोखरेल, हरिमाया पोखरेल, सदस्य डा.लक्ष्मण पोखरेल, जिल्ला अध्यक्ष अशोक पोखरेल लगायत ५ दर्जन पोखरेल बन्धुहरुको सहभागीता रहेको थियो ।
भेलाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, बाँके बर्दियाको संयुक्त फोन डायरी प्रकाशन गर्ने, निर्माणाधिन केन्द्रिय कार्यालयमा आर्थिक सहयोग गर्ने, पोखरेल समाजको उत्थानको निम्ति सदस्यता बृद्धि गरी सगठीत गर्ने, केन्द्रले प्रकाशन गरेको कुलको बंशावलीमा सबैको नाम समाबेश गर्ने, फागुनमा हुने केन्द्रिय साधारण सभामा सहभागी हुनुपर्ने जस्ता निर्णय गरेको छ ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति लुम्बिनी प्रदेशका माननीय कुलप्रसाद पोखरेलले पोखरेल बन्धुहरु कुसंस्कारमा नलागुन, दुर्व्यसनीमा नलागुन, भन्दै व्यक्ति असल भए समाज असल हुन्छ, समाज असल भए राष्ट्र असल हुने हुँदा सबै पोखरेल बन्धुहरु असल हुनु पर्ने बताउनु भयो ।
यसैगरी पोखरेल समाजका केन्द्रिय उपाध्यक्ष अछरी पोखरेलले पोखरेल समाजमा रहेका अग्रजहरुका जीवनी प्रकाशन गरी उहाँहरुसँग भएका ज्ञानका कुरा नयाँ पुस्ताका लागि मार्ग निर्देश हुने, पोखरेलहरु संगठीत हुनुपर्ने, पोखरेल समाजमा आवद्ध बृद्धबृद्धालाई सम्मान गर्नुपर्ने, पोखरेल बन्धुहरुबिच पिरमर्का पर्दा एक आपसमा हातेमालो गर्दै जानुपर्ने बताउनु भयो ।
यसैगरी पोखरेल समाजका केन्द्रिय सदस्यहरु विष्णु प्रसाद पोखरेल, कृष्णप्रसाद पोखरेल, हरिमाया पोखरेल, समाजका सदस्य डा.लक्ष्मण पोखरेल, प्रेम पोखरेल लगायतले पोखरेल बन्धुका सन्तान चरित्रवान हुनुपर्ने, धर्म, संस्कार र सँस्कृतिको रक्षा गनृुपर्ने, जिल्ला जिल्लामा रहेका कमिटि मार्फत पोखरेल समाजलाइ चलाएमान बनाउनु पर्ने, पोखरेल समाजमा रहेका व्यक्तिमा को सँग के क्षमता छ एक आपसमा सहयोग आदान प्रदान गरीनु पर्ने बताउनु भएको थियो ।
पोखरेल समाज बर्दियाका सचिव रमेश पोखरेलद्धारा सञ्चालन गरीएको कार्यक्रममा समाजका सदस्य रत्न पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो । बाँके बर्दियाका पोखरेलहरु विगतमा पनि यसरी नै संगठीत भएर भेला गर्ने एक आपसमा छलफल गर्ने, पोखरेल बन्धुमा रहेका धर्म संस्कृति, रीति रीवाजलाई कसरी जोगाउने जस्ता विषयमा छलफल गर्दै संगठीत हुँदै आएका छन् ।
