Wednesday, April 22सत्यम खबर
Shadow

नेपाली काँग्रेसकाे ६ नं. वडा कार्यालय भाेलि मंगलबार उद्घाटन हुने

नेपालगन्ज, १७ माघ – नेपाली काँग्रेस बाँकेकाे नेपालगन्ज उपमहानगरपालिका फुल्टेक्रा वडा नं. ६ काे वडा कार्यालय भाेलि मंगलबार उद्घाटन हुने भएकाे छ ।

वडा कार्यालयकाे उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री किशोर सिंह राठौरको प्रमुख आतिथ्यमा सम्पन्न हुने बताईएकाे छ । उक्त उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस वडा समिति ६ का सक्रिय सदस्य, पार्टी कार्यकर्ता शुभचिन्तक, शुभेच्छुक र अतिथिहरूको सहभागिता रहने बताईएकाे छ ।

नेपाली काँग्रेसको सङ्गठनात्मक एकजुटताका साथै वडाबासीका बृहत सामाजिक कार्यमा समन्वयात्मक सहजिकरणमा टेवा पुग्ने उद्देश्यका साथ वडा कार्यालय उद्घाटन गर्न लागिएकाे जनाईएकाे छ । अनवरत २०४८ सालदेखि वडा नम्बर ६ स्थानीय स्तरको चुनावमा हारबेहोर्दै आएको हुँदा नेपाली काँग्रेस कार्यकर्ताहरूमा नयाँ जाेश र उर्जा थपिदिए वडा नेताहरूकाे भनाई रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *