Thursday, November 21सत्यम खबर
Shadow

क्षेत्रिय कार्यालयहरु लाई जिल्लामै भवन उपलब्ध गराउने निर्णय

बाँके,१७ असोज । जिल्ला समन्वय समिति बाँकेको समन्वय अधिकारीको अध्यक्षता मा रहेका कार्यालय प्रमुख हरुको समितिले बाँकेबाट क्षेत्रिय सरकारी कार्यालय जिल्लामै यथावत रहने गरि बिभिन्न निर्णयहरु गरी सम्बन्धित मन्त्रालयमा पठाएको छ ।
केही दिन देखि बाँके बाट क्षेत्रियसरकारी कार्यालय सार्ने चलखेल भईरहेकोमा सो कुरालाई नियन्त्रण गर्न मँगलवार जिल्ला समन्वय समिति बाँकेमा बैठक बसेर त्यस्तो निर्णय भएको हो । प्रदेश सभा साँसद बिजय बहादुर यादवको आतिथ्यमा भएको बैठकमा नेपालगञ्ज बाट सार्न लागिएको ५ वटा कार्यालयको लागि नेपालगञ्जमै भवन उपलब्ध गराउने निर्णय भएको समितिले जनाएको छ ।
मँगलवार भएको निर्णय अनुसार भेरी यातायात ब्यवस्था कार्यालय लाई जिल्ला शिक्षा कार्यालयको नया भवनमा, निर्वाचन कार्यालय लाई महिला बालबालिका कार्यालयमा तथा तथ्याँक कार्यालय लाई सहकारी डिबिजन तथा प्रशिक्षण कार्यालयमा स्थान्तरण गर्न सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्ने निर्यय भएको छ ।
यसै गरि नापतौल कार्यालयमा तथा मानव अधिकार आयोग लाई समेत सहकारी डिबिजन तथा प्रशिक्षण कार्यालयमै स्थान्तरण गर्न सम्बन्धित मन्त्रालयलाई सिफारिस गर्नै निर्णय गर्दै समितले सोही अनुसार गर्न गराउन सहरी बिकास मन्त्रालय, भुमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालय, शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लाई अनुरोध गर्ने निर्णय गरेको छ । यसै साता सरकारी कार्यालय हरु अन्यत्र सार्न नहुने भन्दै जिल्लाका बिभिन्न दल सम्बद्ध अगुवाहरुले चिन्ता जाहेर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *