Monday, April 13सत्यम खबर
Shadow

डान्स बाँकेको बिजेता सुबिन तामाङ्ग

नेपालगन्ज, २७ पौष – मेरो प्लानेट नेपालगन्जमा भएको डान्स बाँके डान्सको ग्य्रान्ड फिनाले प्रतिस्पर्धा बिजेताकोे प्रथम स्थान सुबिन तामाङ्गले हासिल गरेका छन् ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१४ बालेगाउँ नजीक रहेको मेरो प्लानेटमा भएको ग्य्रान्ड फिनालेमा उपाधीका लागी विभिन्न जिल्लाका १७ जना प्रतिस्पर्धीहरु भिडेका थिए ।


रोयल डान्स प्रालिको आयोजनामा बाँके, बर्दिया, दाङ्ग, कैलाली जिल्लाको विभिन्न शहरहरुमा भएको अडिसनबाट छनौट भएर फाईनलमा प्रवेश गरेका १७ जना प्रतिष्पर्धि मध्ये टप १५ सम्मको उपाधी दिइएको थियो । १७ जना प्रतिष्पर्धीहरु माँझ भएको ग्य्रान्ड फिनालेमा बिजेता भएको उपाधी सुबिन तामाङ्गले हात पारेका छन् साथै नगद ५० हजार र प्रमाणपत्र पनि प्राप्त गरेका छन् ।
यसरी सो प्रतिस्पर्धामा दोस्रो उपबिजेताको रुपमा रहनु भएका अर्जुन तिवारीले नगद रु २५ हजार र तेस्रो स्थान भएकी दाङ्ग जिल्लाकी जुनु पुन मगर भने नगद रु १५ हजार प्राप्त गरेकी छिन ।


कार्यक्रम सकिएपछि जति आफूले राम्रो बनाउन खोजेको र त्यसमा सोचें अनुरुप आफूहरु सफल भएका टप १५ सम्मको उपाधी भित्र परेका प्रतिष्पर्धीलाई कायक्रमका प्रबन्ध निर्देशक भरत शाही र रोयल डान्स प्रालिका प्रमुख रोहित थापाले बताएका छन् ।
सो कार्यत्रक्रममा चर्चित डान्सर प्रदिप लामा निर्णायकको रुपमा रहनु भएको थियो र शियोन श्रेष्ठले आफ्नो भूमिका पनि निर्बाह गरेका थिए । कार्यक्रमको उद्घोषण संचारकर्मी तथा शिक्षक रवि बस्नेतले गरेका थिए भने उनलाई मिडियाकर्मी प्रेरणा गिरी र हृदेश आचार्यले साथ दिएका थिए ।
कार्यक्रममा रोयल डान्स एकेडेमीको शो प्रस्तुित रहेको थियो भने यस क्षेत्रका चर्चित गायकद्वय प्रमोद डिजी र महेन्द्र सेडाईले पनि आफ्नो प्रस्तुती राखेर दर्शकहरुलाई माँझ मनोरञ्जन गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *