Sunday, April 12सत्यम खबर
Shadow

लायन्स क्लबद्वारा निशुल्क आँखा जाँच शिविर सम्पन्न

अजय मिश्र
कृष्णनगर, २५ पाैष – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरमा लायन्स कल्ब अफ कृष्णनगरले निशुल्क आँखा शिविर सम्पन्न गरेकाे छ ।

आँखा जाँच शिविर लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्यामकुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको छ । जसको सहआयोजकमा लुम्बिनी आई इन्स्टिट्यूट श्री रणम्बिका शाह आँखा अस्पताल शाखा कृष्णनगरको संयुक्त आयोजना रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रजतप्रताप शाह विशिष्ट अतिथि लायन्स रिजन चेयर पर्शन लायन ओमकार अचार्य, डिस्ट्रिक्टका दिपक श्रेष्ठ रहनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष संजय गुप्ताले कार्यक्रम सफलताको कामना गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका कैम्प चेयरमैन तथा को चिप डिस्ट्रिक्ट एडवाइज दिनेशचन्द गुप्ताले निशुल्क आँखा शिविर चौबीस बर्षदेखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै कार्यक्रममा सहयोग तथा योगदान दिने सम्पूर्ण सहयोगी हातलाई हृदयदेखि धन्यवाद दिए ।

निशुल्क आँखा शिविर कार्यक्रममा ४८० जनाको आँखा परिक्षण गरिएकोमा १०३ जनाको मोतियाबिन्दको अपरेशन निशुल्क हुने लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्यामकुमार मिश्रले जनाएका छन् । कार्यक्रममा लायन्स क्लबका सदस्यहरू, जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा लायन अनिलकुमार, लायन विजय गुप्ता, लायन असलम खान, लायन टिकाबहादुर, लायन अंशूल गुप्ता, लायन उमाशंकर, लायन शिवा घिमिरे, फैसल खान लगायत समाजसेवी पत्रकार जनप्रतिनिधि, सुरक्षाकर्मीहरूको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *