Sunday, April 12सत्यम खबर
Shadow

मासिक गजल गोष्ठी सम्पन्न

नेपालगन्ज, २४ पौष – हरेक महिनाको अन्तिम शनिवार जस्तै नेपालगन्जमा रहेका उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी सम्पन्न भएको छ ।
नेपालगन्जको महेन्द्र पुस्तकालयमा आज शनिवार सम्पन्न गुल्जार–ए–अदब बाँकेद्वारा आयोजित उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।


आदिल सर्वर नेपालीको अध्यक्षतामा सम्पन्न भएको गजल गोष्ठी नेपालगन्जका उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना अन्सर नेपालीले गजल कार्यक्रम सञ्चालन गरेका थिए ।
सो गजल गोष्ठी कार्यक्रममा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, अवधी साँस्कृतिक बिकास परिष्दका अध्यक्ष सच्चिदानन्नद चौवे, सैय्यद असफाक रसूल हाशमी, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, अन्सर नेपाली, मेराज अहमद (हिमाल), अव्दुल हमीद सिद्दीकी (भोला), इस्माइल अन्सारी, आदिल सर्वर नेपाली, जमील अहमद हाशमी, मोहम्मद यूसुफ आरफी, लगायतले “तुम जब गये शाँम झलकती है सहर में” मिश्ररामा आ–आफना गजल वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *