Friday, April 24सत्यम खबर
Shadow

वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न

माेहित शुक्ला
जानकी, ४ पाैष – एकता शिक्षा समाज कल्याण संस्था जानकी गाउँपालिका बाँकेको आयोजना तथा जानकी गाउँपालिका वडा २ वडा कार्यालयको आर्थिक सहयोगमा वडा स्तरीय क्रिकेट प्रतियाेगिता भब्य रुपमा सम्पन्न भएको छ ।

प्रतियोगिता जानकी २ नं को वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता र एकता शिक्षा समाज कल्याण संस्थाको अध्यक्षले संयुक्त रूपमा पैट, बल तथा खेलाडीहरूलाई टिसर्ट वितरण गर्दै शुभारम्भ गरिएकाे थियाे । वडा स्तरीय क्रिकेट प्रतियोगिता विजेता टीम बेलभार टाइगर्स टिम तथा उप विजेता बनेकाे सुर्या क्रिकेट टिम रहेका थिए ।

विजेता टीमलाई नगद पुरस्कार २० हजार तथा ट्रफीसहित मेडल र प्रमाण-पत्र प्रदान गरिएकाे थियाे । त्यसैगरी उप विजेतालाई नगद १० हजार ट्रफीसहित मेडल र प्रमाण-पत्र वितरण गरेको आयोजक संस्थाका अध्यक्ष सकिल अहमद राईले जानकारी गराउनु भएकाे छ ।

कार्यक्रममा उपस्थित प्रमुख अथिति जानकी गाउँपालिका का.वा अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा सदस्य अमरबहादुर थापा, वडा सदस्य जय राम, वडा सदस्य रजनी शर्मा, बिओपी इन्चार्ज भनबहादुर कार्की, वेलभार प्रहरी चौकी इन्चार्ज गजेन्द्र भण्डारी लगायत पत्रकारहरुको सहभागिता रहेकाे थियो ।

कार्यक्रम सञ्चालक द्रोण थापाले गर्नु भएको थियो भने समापन आयाेजक संस्थाका अध्यक्ष सकिल अहमद राई गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *