
सकिल अहमद राई
नेपालगन्ज, २४ मंसिर – भ्रष्टाचार बिरुद्व देशब्यापी रुपमा क्रियाशिल संस्था बास आजदेखि २१ बर्ष पुरा गरी २२औं बर्षमा प्रबेश गरेको छ ।
२१ बर्ष पुरा भएको अवसरमा बासले संस्थाको २१औं बार्षिकोत्सब समारोह नेपालगन्जमा भब्य रुपमा सम्पन्न गरेको छ । बार्षिकोत्सवलाई भब्यताका साथ मनाउँदै संस्थाले विभिन्न साँस्कृतीक कार्यक्रम, मन्तब्य, सम्मान लगायतका कार्यक्रमहरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि डा. राणाले २१ बर्ष पुरा गर्दै गर्दा बास देश ब्यापी रुपमा भ्रष्टाचार बिरूद्वको अग्रणी संस्थाको रुपमा स्थापित भएकोमा बधाई ज्ञापन गरे । उनले भने बास देशभर परिचित भईसकेको छ।
नेपालगन्जमा बास नभए कस्तो होला भन्ने भईसकेको छ । देश भ्रष्टाचारमा रुमल्लिरहेको अवस्थामा बास जस्ता संस्थाहरु अगाडी आएर भ्रष्टाचार, बिकृती, बिसंगति बिरुद्व थप सशक्त रुपमा लड्न आवश्यक रहेको उनको भनाई थियो । लामो समयदेखि समाज सेवामा क्रियाशिल युवा संस्था बासले आगामी दिनमा देशभरी प्रभाव फैलाउन सफलहोस भन्ने शुभकामना ब्यक्त गरे ।
यसैगरी कार्यक्रममा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले राज्यको आर्थिक पारदर्शिताको पाटोमा बासको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा थप सशक्त रुपमा अगाडी बढोस भन्ने सुवेक्षा ब्यक्त गरे ।
यसैगरी बासका सल्लाहकार पूर्णलाल चुकेले भ्रखरै बामे सर्दै गरेदेखि चिनेको संस्था बास अब दौड्दै अगाडी बढीरहेकाले कसैले पनि बासको पाईला रोक्न नसक्ने बताए । सुशासन र पारदर्शिता कायम गर्न बास सक्रिय रहेको बताउँदै आगामी दिनमा थप सशक्त रुपमा अगाडी बड्न सफल होस भन्ने शुभकामना ब्यक्त गरे ।
बासका केन्द्रीय महासचिब शिवकुमार बर्माले सञ्चालन गरेको बार्षिकोत्सव समारोहमा बासले उत्कृष्ट ३ शाखालाई नगद सहित सम्मान गरिनुका साथै बासमा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ को रुपमा सम्मान गरेको छ ।
कोभिड १९ न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कोभिड हिरोको रुपमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका नरेश बाबु श्रेष्ठलाई सम्मान गरिएको छ भने बासको आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंसिर २३ गते नेपालगन्जमा आयोजना गरेको नेपालगन्ज वाकाथनमा सहयोग तथा सहकार्य गर्ने संस्था, निकाय तथा ब्यक्तिलाई सम्मान गरेको थियो ।
कार्यक्रममा बासका पूर्व स्वयम् सेवक संयोजकहरुलाई सम्मान गरिएको थियो । बासका उत्कृष्ट शाखा र कर्मचारीको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा र बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले गरेका थिए ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा साँस्कृतीक प्रस्तुतीहरु, गित, गजल प्रस्तुत गरिएको थियो । बार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रका गरी ३ सय बढीको सहभागिता रहेको थियो ।
यसैगरी बार्षिकोत्सवको अवसरमा हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तर्गत यस बर्ष बास रुपन्देही शाखा प्रथम हुन सफल भएको छ । यसैगरी बाँके शाखा द्वितिय र झापा शाखाले तृतीय स्थान हासिल गरेको छ । यसरी उत्कृष्ट हासिल गर्ने शाखाहरुलाई क्रमशः नगद रु. ५ हजार, ३ हजार, २ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
