Wednesday, April 22सत्यम खबर
Shadow

आफूखुशी मापदण्ड बनाई बाटो निर्माण गर्दा स्थानीयको बिरोध

नेपालगन्ज, २० मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ घरवारी टोलमा सडक विस्तार गर्ने नाममा जबरजस्ती डोजर चलाउने काम गरिएको आरोप लगाईएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ वडा कार्यालयद्वारा मंसिर २ गते सडक विस्तार सम्बन्धमा का.वा.अध्यक्ष आशा बिष्टद्वारा सूचना जारी गरिएको थियो । जुन सूचनामा कही कतै पनि ६ मिटर सडक बिस्तार गरिने भएको हुँदा आ–आफ्नो संरचना भत्काउने बारे उल्लेख नगरिए पनि सूचनामा रामकुमार कोरीको घरदेखि सेतुर बि.क.चोक जोड्ने बाटोमा दुबैतर्फ ढक्कनसहितको नाला बाटो पि.सि.सि. कार्य गर्नको लागि उपभोक्ता समितिसँग सम्झौता भईसकेको र सडक संचरना भत्काई विकास निर्माण कार्यमा सहयोग गरि दिनु हुन सम्पूर्ण टोलबासीहरुमा अनुरोध भनी उल्लेख गरिएको थियो । त्यस सूचनामा समय सीमा समेत तोकिएको थिएन् ।


तर उसको ठिक उल्टो गठित उपभोक्ता समितिले कुनै ताकेता समेत नगरी नाला, बाटो निर्माणका लागि डोजर चलाएको आरोप लगाईएको छ । यस बारे उपभोक्ता समिति अध्यक्षको भनाई अनुसार स्थानीय सरकारले दिएको मापदण्ड अनुसार हामीले संरचना भत्काई बाटो निर्माण गर्ने बताउनुभयो ।
यता ५० औं वर्षदेखि बस्दै आएका टोलबासीहरुले स्थानीय सरकारले हामीलाई मुअब्बजा दिनुपर्ने माग गरिरहेका छन् ।
स्थानीयका अनुसार सडक मापदण्डमा घरधनीहरुको सहमति हुनुपर्ने, रामकुमार कोरीको घरनिर बाटो संघुरो छ, त्यता सडक बिस्तार नगरी सेतु बि.क साईड चौडा करीब साढे पाँच मिटर हुँदाहुँदै घरमा डोजर लगाउन खोजकोमा बिरोध जनाएका छन् ।
सडक पुरानो बस्तीमा भएकोले मापदण्ड अनुसार धेरैको घर जाने भएकोले उपयुक्त रुपमा घरधनीको सहमतिमा बनाउनुपर्ने बताएका छन् ।


स्थानीयहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को लोनियन टोलमा सडक निर्माण उपभोक्ता समितिले आफै सडक मापदण्ड बनाई सडक बिस्तार गर्न लागेको बताएका छन् । पुरानो बस्ती भएको सो स्थानमा कही तीन मिटर, कही पाँच मिटरको बाटो रहेको छ । केही नयाँ व्यक्तिहरु बाहिरबाट आई तीन मिटर बाटोमा घर बनाई उनीहरु कै चासो र चाहनामा नयाँ मापदण्ड बनाई सडक बिस्तार शुरु भएको बताउँछन् ।
उनीहरुको आरोप छ नयाँ व्यक्तिहरुले अरुको घर भत्काउन आफ्नो निहित स्वार्थ भएको देखिन्छ । आफ्नो घरको मूल्य बढ्ने भनेर लागेका छन् । सोही टोलमा नागरमल कुर्मीको घर एकतरफी रुपमा डोजर लगाएको उनले गुनासो समेत गरेका छन् ।


स्थानीयहरुका अनुसार ‘ई लोक का कहना है मुवज्जा देव यी नए लोग रहय हम पुरानो बस्ती वाले चले जाईब, पूरा फैलाहर बनावे’ केही घरजग्गा दलाल र भूमाफियाको निहित स्वार्थका लागि हाम्रो टोलको सडक बिस्तार गर्न नयाँ मापदण्ड कायम गरिएको आरोप लगाउँछन् ।
हामीसँग पुरानो बस्तीको सडक र घर जग्गाको नाप नक्शा छ, दैनिक गुजारा गर्नेको घर भत्काएर सडक बिस्तार गर्न खोजे हामी अदालतको शरणमा जाने छौं भनी उनको तर्क रहेको छ ।
उक्त बाटोमा नाला नभएकै कारण फोहोर हुने, मान्छे हिडडुल गर्न समेत नसक्ने जस्तो समस्या समेत देखिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *