नेपालगन्ज, १७ मंसिर बर्दियाको भरीगाउँमा जीवन दान मूलनाराका साथ प्रथम बृहत रक्तदान कार्यक्रम बुधवार महिला, पुरुष गरी ५८ जनाले उत्साहपूर्वक रक्तदान गर्नु भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबानगर समितिको आयोजनामा र थारु समुदाय विकास मञ्च भुरी गाउँको आर्थिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा व्यापारी, स्वयंसेवी रक्तदाता, समाजसेवी,युवा, पत्रकार, सुरक्षाकर्मी लगायत ५८ जनामहिला, पुरुषले रक्तदान गर्नु भएको छ ।
रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबानगर समिति तथा थारु समुदाय विकास मञ्चका अध्यक्ष चल्टुराम थारु, ठाकुरबाबा नगरपालिका वार्ड नं.१ का वडाध्यक्ष श्यामलाल थारु, वार्ड नं.२ का वडाध्यक्ष हरिराम थारु, राकेश थारु, नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उप–शाखाका सभापति यज्ञ प्रसाद नेपाल, बिनिता चौधरी (ए) बिनिता चौधरी (बी), भिमप्रसाद ढकाल, शेरबहादुर बोगटी, छविलाल लम्साल, खेमराज ढकाल, गोपाल निरौला, हरिप्रसाद चौधरी, प्रकाशदाहाल, भिखारा थारु, सुजन सापकोटा, भूपेन्द्र खनाल, दिपक महरा, खडकलाल पन्थी, दिपाकुमारी शाही, एलिना थापा, प्रकृति सुवेदी, भूमिका ओली, ईलाका प्रहरी कार्यालय बगनाहा, भुरीगाउँका प्रहरी निरीक्षक कविराज रोकाय, प्रहरी सहायक निरीक्षक सुजन गुरुङ, पकंज कुमार कौशल, सागर नेपाली, ललित सिंह बोहरा, अंगानु थारु, रामकुमार चौधरी, संचारकर्मी पवन जायसवाल, जंगबहादुर चौधरी, सन्देश शाही, बिनिता भण्डारी, उमामल्ल, चन्द्रमणि पौडेल, प्रमिला थारु, कृष्णप्रसाद थारु, धनबहादुर बोहरा, नमराज गर्तौला, राहुल चौधरी, होमबहादुर चौैधरी, कृष्णबहादुर थारु, प्रकाश न्यौपाने, आशीष दहित, सरस्वती थारु, प्रकाश न्यौपाने, रामराज थारु, गोपालप्रसाद घिमिरे, जयेन्द्रबहादुर थापा, सुरज रत्गैया, हिरालाल थारु, कृष्ण प्रसादथारु, लिलाराम खनाल, रबिन्द्र बोगटी, गगनसरा आचार्य, नितेश खराल, खगेन्द्रबहादुर शाही, सुशील पोख्रेल लगायत ५८ जनाले लगायतले रक्तदान गर्नु भएको थियो ।
बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं.१ वडा कार्यालयको परिसर अगाडी रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति तथा थारु समुदाय विकास मञ्चका अध्यक्ष चल्टुराम थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका अध्यक्ष प्रेमप्रसाद लम्सालले रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी बिधिवत रुपमा कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दीकीको सहभागिता रहेको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका अध्यक्ष प्रेमप्रसाद लम्सालको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दीकी र प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले रक्तदानको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिल रत्गैया, महेश राना क्षेत्री, केशर सिंह डाँगी, बीरेन्द्र योगीलगायतले प्राविधिकमा सहयोग गर्नु भएको थियो भने सिला योगी, विनिता चौधरीले अन्य सहयोग गरेका थिए ।