Wednesday, April 22सत्यम खबर
Shadow

मस्जिद कर्बला व्यवस्थापन समितिको प्रथम साधारण सभा सम्पन्न

नेपालगन्ज, ११ मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको सहादत मस्जिद इदगाह कर्बला व्यवस्थापन समितिको प्रथम साधारण सभा आज शनिवार सम्पन्न भएको छ ।

मस्जिद इदगाह कर्बला व्यवस्थापन समिति साधारण सभाका सभापति सज्जन अली सलमानीको संयोजकत्वमा साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाका प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष अजयकुमार पाठक, विशिष्ट अतिथिमा केन्द्रिय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष फिरोज वारसी र ज्ञान सागर मा.वि.को व्यवस्थापन समिति अध्यक्ष अतिथि रज्जब अली बेहना रहेका थिए भने अतिथिहरूमा हाजी सुबेदार बेहना, हाफिज वासिम अहमद इद्रीसी, मौलाना नइमुद्दीन साई, शिक्षक प्रतिनिधि रामसिंह सोनी, वडा सदस्य फिरोज बेहना, मजीद धोबी, उदघोषक सागर ज्ञवाली रहेका थिए ।

तदर्थ समितिका कोषाध्यक्ष मन्सुर अली दर्जीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे साधारण सभामा शुभकामना मन्तव्य वडाध्यक्ष अजयकुमार पाठकले व्यक्त गरेका थिए । त्यसैगरी फिरोज वारसी, स्वागत मन्तव्य कै क्रममा राम सिंह सोनी संस्थाको विधानको बारेमा जिज्ञासा राखेका थिए ।

बन्द सत्रमा निर्वाचन अधिकृत श्याम काफ्ले र सहायक निर्वाचन अधिकृत सागर ज्ञवालीूले सर्वसहमतिबाट निर्विरोध अध्यक्ष पदमा कौसर अली बेहना, उपाध्यक्षमा सज्जन अली, कोषाध्यक्षमा मन्सुर अली दर्जी, सचिवमा इसराइल शेषलाई चयन गरिएकाे थियाे ।

यसैगरी सदस्यहरुमा रज्जब अली बेहना, मकसुद अली बेहना, गजफ्फर अली इद्रीसी, रसीद अली दर्जी, आरिफ बागवान, रफीक धोबी, अकबर अली दर्जीलाई चयन गरिएकाे थियाे भने सल्लाहकारमा कलामुद्दीन दर्जी, हाजी सुबेदार बेहना, अरमान अली बेहना, मौला दर्जी, जुमई बेहना, शेरबहादुर बेहना, पप्पू बेहना, नुरुल नवी इद्रीसीलाई चयन गरिएकाे थियाे । नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत श्याम काफ्लेबाट प्रमाणपत्र वितरण गर्नुका साथै शुभकामना दिँदै ज्ञापन गरिएकाे थियाे भने कार्यक्रमकाे समापन सज्जन अली सलमानीले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *