Thursday, April 23सत्यम खबर
Shadow

स्वर्गद्वारीमा नौ कल्पवृक्षको बिरुवा लगाईयो

नेपालगन्ज, ११ मंसिर – स्वर्गद्वारी प्रभुजि महाराजको आश्रममा अगाडि कल्पवृक्ष लगाइएको छ । हरित हेमन्तले बिरुवा आफै लगेर त्यहाँको हरि गुरुसङ्ग मिलेर बिरुवा लगाए ।

उक्त बृक्षारोपण नारायण माबिका शिक्षक कृष्ण पाण्डे, प्रेम शर्मा, मेघ बिस्ट, माया गिरि र नारायण माबीका विद्यार्थीको उपस्थिति थियो ।

कल्पवृक्ष जर्मनीबाट साधना रानाले बीउ उपलब्ध गराउनु भएको थियो र बिरुवा सुबन नर्सरीका बुद्धिबल श्रेष्ठ जिले बिरुवा हुर्काउनु भएको थियो । बृक्षरोपणमा निम, जामुन, अमलतास, जामुन, सितलचिनिका बिरुवा लगाएका थिए ।

कल्पवृक्ष महाअभियान अन्तर्गत गायत्री धाम राझा, भगवती मन्दिर बिसालनगर, हनुमानगढी नेपालगन्ज, हडिया बाबा, सिब धाम धुलिखेल पत्रकार पुष्पराज जोशीले धनगढीको शिवपुरी धाममा, छायाक्षेत्र सल्यान, धनगढी, घोडा घोडीमा पनि लगाईएको छ ।

यो बिरुवा हिन्दु धर्म अनुसार निकै धार्मिक महत्त्व राखेको बिरुवा हो । ६ हजार वर्षसम्म जीवित रहने कल्पवृक्ष रोपेका हुन ।

हिन्दु धर्ममा कल्पवृक्षको ठुलो महत्त्व छ । कल्पवृक्षको बारेमा वेद र पुराणमा उल्लेख गरिएको छ । कल्पवृक्ष स्वर्गको विशेष रूख भएको धार्मिक मान्यता छ । पौराणिक धर्मशास्त्र र हिन्दु मान्यता अनुसार यो रूखको मुनि बसेको व्यक्तिले चाहे अनुसारको जे पनि पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *