Thursday, April 23सत्यम खबर
Shadow

चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरूलाई खतरा : प्रदेश प्रवक्ता पठान

कपिलवस्तु, १० मंसिर १० – कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वड़ा नम्बर १० मा जसपा नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभियान कार्यक्रम सम्पन्न भएको छ ।

भेलाबाट योती नारायण चौधरीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन भएको छ । योती नारायण चौधरीको अध्यक्षता प्रमुख अतिथिमा जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम अबदुल रहमान खान (अकरम पठान) विशिष्ट अतिथिमा जसपा नेपाल शिवराज नगर कमिटी अध्यक्ष कृष्णकुमार चौधरी, जसपा कपिलवस्तु पूर्व जिल्ला अध्यक्ष सतीशचन्द्र गुप्ता अतिथिमा कमर जहाँ, जगदेव लोहार, गोरख रजक लगायत रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रवक्ता अकरम पठानले जसपा नेपालको सशक्त रूपमा संगठन शुद्धिकरण र जनजागरण अभियान विस्तार हुँदै गइरहेको, जनसंख्याको अधारमा प्रतिनिधि सांसद मधेशमा संख्या बढाउनु पर्ने, चाइनाको विस्तारवादी नीतिले छिमेकी देशहरूलाई खतरा रहेको, सबै जाति, धर्म र समुदायको सम्मान जसपा नेपालमा सुनिश्चित रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृष्णकुमार चौधरीले जसपाको अभियानमा एक बद्ध भएर लाग्न अनुरोध गर्नु भयो । कार्यक्रममा जसपा नेपाल समर्थक सयौ कार्यकर्ताहरूको सहभागिता रहेको जानकारी प्रदेश प्रवक्ता अकरम पठानले दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *