
नेपालगन्ज, ६ मंसिर – केही वर्षदेखि सम्पूर्ण युरोप र केही इस्लामी राष्ट्रमा वैदिक सनातन धर्मको प्रभाव बढेको छ ।
केही दिन अघि इण्डोनेशियाकी राजकुमारी सुकमावतीले एक कार्यक्रम बीच वैदिक सनातन धर्म स्वीकारेपछि त्यहाँ वैदिक सनातन धर्म स्वीकार्ने लहर नै चलेको छ ।
राजकुमारी सुकमावतीले वैदिक सनातन धर्म स्वीकार्दा समय एकै पटकमा ३३ हजार भन्दा बढीले वैदिक धर्म स्वीकारे थिए । अब दिनहुँ त्यहाँ वैदिक धर्म स्वीकार्ने लहर चल्दा ३ लाख भन्दा बढी जनताले वैदिक धर्म स्वीकारी सकेका छन् । यस्तै स्थिति रही रहने हो भने इण्डोनेशिया केही दिनमा नै हिन्दु राष्ट्रको रुपमा स्थापित हुने भएको छ ।

अहिले रुश, अमेरिका, तुर्की, इरान लगायत १ सय ६० भन्दा बढी राष्ट्रमा वैदिक सनातन धर्मको प्रभाव बढ्दै गएको छ । जसको कारण विश्वको २ तिहाई स्थान केशरिया रंगमा रंगने अवस्था सिर्जित हुन थालेको छ ।
हाम्रो देश नेपाल प्राचीनकालदेखि नै हिन्दु राष्ट्रको रुपमा स्थापित रहेको थियो २०६२÷०६३ मा भएको जनआन्दोलन भाग–२ को सफलतापछि जनताको अभिमत नबुझी यहाँका नेताले हिन्दु राष्ट्रको स्वरुप बिगारी देशलाई धर्म निरपेक्ष बनाएको घटनाले यहाँका ८५ प्रतिशत जनताको माग नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने रहेको छ । तर विदेशीको निर्देशनले आएको यो धर्म निरपेक्षताको अन्त गर्ने सफलता प्राप्त भइ रहेको छैन् ।
यस कारण देशका ८५ प्रतिशत राष्ट्रवादी जनता अब हिन्दु राष्ट्रको पुनस्र्थापनाको लागि एकताबद्ध हुन थालेका छन् । जसको कारण नेपाल एक पटक पुनः हिन्दु राष्ट्रको रुपमा स्थापित हुने सम्भावना बढी रहेको छ ।
