नेपालगन्ज, ३२ श्रावण – नेपालगन्ज उपमहानगरपालिकाको विकास निर्माणको नाममा विवादित बन्दै गएको फुल्टेक्रा चौक (शिवमन्दिर) मा जनप्रतिनिधिहरुको लापरवाही र गैरजिम्मेवारीपनाले गर्दा समयमा बाटो निर्माण नहुने स्थानीयबासीहरुको आरोप रहेको छ ।
यस विषयका सन्दर्भमा केही दिन अगाडी उपमहानगर प्रमुख डा. धवलशम्शेर राणालाई फोन गर्दा काठमाण्डौमा छु भनेर भन्नुभयो तर आईतबार फोन गर्दा हाल यस विषयमा मिटि· हुन बाँकी रहेको हुँदा केही भन्न नमिल्ने बताउनुभयो ।
यस विषयमा उहाँ कै भनाई अनुसार कस्तो विरोधाभाष रहेको छ भन्ने तर्क आफै प्रष्ट छ । वर्षौ बितिसक्दा सम्म मिटि· नगर्नु, श्रावण १८ गते वडामार्फत पठाईएको सिफारिस बारे अनभिग्नता प्रकट गर्नु जस्तो भनाईले समेत प्रष्ट देखिन्छ उपमहानगर प्रमुख कस्तो खाले विकास प्रेमी हुन भनेर ।
फुल्टेक्राबासीहरुले पटक–पटक नगरप्रमुख, वडाअध्यक्ष, वडा सदस्यहरुलाई समेत यस विषयमा कुरा राख्दै आएको भएतापनि आज–भोलि भन्दै वर्षौ टाल्ने गरेको पाईन्छ । यस विषयमा सम्बन्धित वडाले मिति २०७७ श्रावण १८ गते नेपालगन्ज उपमहानगरपालिकालाई सम्बन्धित बाटो निर्माणमा अवरोध गर्ने व्यक्तिहरुको सरकारी सेवा सुविधा बन्द गराई दिने सम्बन्धमा सिफारिस पत्र समेत लेखेको वडाअध्यक्षय समिरप्रताप सिंहले बताउनुभयो ।
वडाअध्यक्ष सिंहका अनुसार ‘हामीले वडाबाट पटक–पटक सम्बन्धित उपमहानरपालिकालाई जानकारी गराई सकेका छौं, नारायण बर्मा, बिपिन रेग्मी, सन्तोष सोनीको सरकारी सेवा बिजुली, खानेपानी, टेलिफोन लगायतको सम्पूर्ण सेवा बन्द गर्न वडाबाट सिफारिस समेत पठाईसकेका छौं, तर सम्बन्धित निकायको मौनताले गर्दा हालसम्म समस्या समाधान नभएको बताउनुभयो ।
वडाबासीहरुको भनाई अनुसार विकास प्रेमीको नाममा विजयी भएका प्रमुखले स्वयं यो आफ्नो मान्छे भन्ने हुन भने अरुको त कुरै नगरौ भनी आरोप लगाउने गरेका छन् । बाटो बनाउने भए बनाऔं, होइन भने जनतालाई धोका दिनु कदापि उचित व्यवहार होइन प्रमुख ज्यू भनी प्रश्न समेत गरेका छन् ।
यसै विषयलाई लिएर केही दिन अगाडी वडाबासीहरुले हस्ताक्षर संकलन अभियान समेत चलाएका छन् । हस्ताक्षर अभियानमा वडाका करीब ७५ जना घरधनीहरुले सहभागिता जनाइ सकेका छन् । सहभागिता जनाएका सबैको एउटै भनाई रहेको छ, हाम्रो घर काटिंदा ठीक र वर्षौ बितिसक्दा वडाको मुटु फुल्टेक्रा चौक (शिवमन्दिर) मा रहेको नारायण बर्मा, बिपिन रेग्मी र सन्तोष सोनीको घर किन काटिएन, उनीहरु कुनै अर्कै युगबाट आएका हुन ? भनी सम्बन्धित प्रतिनिधिहरुलाई प्रश्न गर्दछन् ।