Monday, April 20सत्यम खबर
Shadow

काठ मिडियाले बहुचर्चित कलाकारहरुको साथमा झिलिमिली तिहार कार्यक्रम आयोजना गर्ने

काठमाण्डौ, १७ कार्तिक – काठ मिडिया प्रा.लिले बहुचर्चित कलाकारहरुको साथमा झिलिमिली तिहार कार्यक्रम आयोजना गर्ने भएको छ ।
उक्त मिडियाले दिएको जानकारी अनुसार यही कात्र्तिक १८ गते लक्ष्मी पुजाको दिन ललितपुर जिल्लाको ईमाडोलस्थित भद्रकाली पेट्रोल पम्पसँगै अपरान्ह एक बजेदेखि साँझ ५ः३० बजेसम्म बहुचर्चित कलाकारहरुको साथमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा बरिष्ठ हाँस्यकलाकार तथा समाजसेवी किरण केसी (राता मकै), सुरेन्द्र केसी (मुला साग) सहितकाचर्चित कलाकारहरुको साथमा ‘झिलिमिली तिहार, संगीत र सरफाई सँगसँगै’ भन्ने मुुल नाराका साथ सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्था काठ मिडियाले जानकारी दिएको छ ।


कार्यक्रममा बरिष्ठ हाँस्य कलाकार किरण केसी (राता मकै), सुरेन्द्र केसी (मुला साग) सहित द जेन्टलम्यान व्याण्ड, टिका प्रसाई, नरेश बुढाथोकी सहितका गायक, कलाकारहरुले आफ्नो प्रस्तुुती दिनुु हुने कार्यक्रम काठ मिडियाका प्रवन्द्र निर्देशक बिमलजंग केसीले बताउनुभयो ।
कार्यक्रमको मुख्य आर्कषणको रुपमा पाँचतारे होटलको स्वादमा टर्कीको फुुड स्टल समेत रहने छ भने अन्य आर्कषणमा पुरस्कार, अन्र्तक्रिया, खेल आदि पनि रहेका छन् । कार्यक्रम प्रस्तोताको रुपमा इमेज एफएमको शुभदिन कार्यक्रमका बहुचर्चित कार्यक्रम प्रस्तोता शशिकुमार खड्का र अनुप खड्का रहनुु हुने छ, प्रर्वन्ध निर्देशक केसीले भन्नुभयो । यसरी कार्यक्रम गर्नुको प्रमुख उद्देश्य आम नागरिकमा सरफाई सम्वन्धी जनचेतना बिस्तार गर्नु, कृषि पेशालाई मर्यादित र सम्मानित बनाउनु एवं आफ्नै क्षेत्रमा उत्पादन भएको मानव स्वास्थको लागि निकै नै स्वस्थकर मानिएको कृषि उत्पादन सँगै टर्कीको परिकारहरुलाई आम नागरिकको जनजिब्रोसम्म पु¥याउनु रहेको पनि उहाँले बताउनुभयो ।
(अन्य जानकारीको लागि सम्पर्क नम्बरः काठ मिडिया प्रा.लि ०१–५५२६८८३, ९८५१३२०१२१, ९८४१२७९६९९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *