
नेपालगन्ज, ३१ श्रावण– जिल्लामा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणबाट बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

5
अस्पतालमा बिगत २४ घण्टामा ४ सय ७० स्याम्पलको परीक्षणमा यो संख्यामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।