
नेपालगन्ज, ३ कार्तिक – बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–२२ पुरैनी स्थित रहेकाे एकता युवा क्लबले यस क्षेत्रमा सबैभन्दा बढी रक्तदान गर्ने २ जना सहित ४ जनालाई सम्मान गरेको छ ।
रक्तदान कार्यक्रममा उत्कृष्ट पुरुष रक्तदाता १५६ पटक रक्तदान गर्नुभएका गोपीनाथ बैश्य, उत्कृष्ट महिला रक्तदाता ७६ पटक रक्तदान गर्नु भएकी सरिता ज्ञवाली, नेपालगन्ज डोनेशन ग्रुपका संयोजक सुनिल परियार, प्राईम लाइफ इन्स्युरेन्स नेपालगन्जलाई सम्मान गरेको छ । 
एकता युवा क्लबल “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ कार्तिक १३ गते शनिवार पाँचौ श्रृङ्खलामा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक जना महिला सहित ४२ जनाले रक्तदान गरेको छन् ।
एकता युवा क्लबका अध्यक्ष राजेशकुमार यादवद्वारा सञ्चालित रक्तदान कार्यक्रममा उत्कृष्ट पुरुष रक्तदाता १५६ पटक रक्तदान गर्नु भएका गोपीनाथ बैश्य, उत्कृष्ट महिला रक्तदाता ७६ पटक रक्तदान गर्नु भएकी सरिता ज्ञवाली, नेपालगन्ज डोनेशन ग्रुपका संयोजक सुनिल परियार, प्राइम लाइफ इन्स्युरेन्स नेपालगन्जलाई सम्मान गरिएको थियो ।
सो रक्तदान कार्यक्रममा एकता युवा क्लबका अध्यक्ष राजेशकुमार यादव, प्राइम लाईफ इन्स्युरेन्स नेपालगन्जका शाखा प्रबन्धक दिपक चालिसे, अप्रेशन ईन्चार्ज श्रीप्रसाद पौडेल, अजु भुषाल, दिपक शाही, अर्जुन कार्की, अजय लोनिया, शेरबहादुर बोहरा, बिनोदकुमार यादवले रक्तदान गर्नुभएको थियो ।
यसरी सो रक्तदान कार्यक्रममा अरुण साहू, बीरेन्द्र
गहतराज, सुनिता गोडिया, साईबान दर्जी, बिशाल गोडिया, दिपेन्द्रकुमार यादव, मिथलेश पासी, सुरेन्द्रकुमार गोडिया, बिक्रम सोडारी, अजय साहनी, रबि गोडिया, हिमाल पञ्गाली, जगतबहादुर कुर्मी, अशोक सिंह गुरुङ्ग, पवन थापा, द्वारिकाप्रसाद गोडिया, भारत गुजरातका अरबिन्द अघसिया, दीपराज ठाकुर, दिनेशकुमार यादव, भिम पौडेल, बिरोध गौतम, दिनेश काफ्ले, आमन्त्रण बुढा, दिवश राणा, ज्ञानेन्द्र रोका, इमरान दर्जी, कृष्ण गोडिया, रामु साहू, अर्जुन पासी, धर्मु गोडिया, सुभाष चौधरी, राजीत थारु, ओमप्रकाश न्यौपाने लगायत ४२ जनाले रक्तदान गर्नु भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–२२ पुरैनी स्थित रहेका एकता युवा क्लबले लालकुवाँ स्थित क्लबको कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एस.के. डेरी उद्योग पुरैनी, नमस्ते ड्राईभिङ्ग सेन्टर, जितेन्द्र सिंगार, नारायण पौडेल, हरदेव कल्वार, तिलकराम साहू, समाजसेवी सुनिल केसी, अजय साहनी, भागीराम खटिक, बीरेन्द्र गहतराज, प्राईम लाईफ इन्स्युरेन्स नेपालगन्जले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष यादवले जानकारी गराएका छन् ।
सो रक्तदान कार्यक्रममा उत्कृष्ट पुरुष रक्तदाता गोपीनाथ बैश्य, उत्कृष्ट महिला रक्तदाता सरिता ज्ञवाली र नेपालगन्ज डोनेशन ग्रुपका संयोजक सुनिल परियार, एकता युवा क्लबका अध्यक्ष राजेशकुमार यादवले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी विधिवत रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिता कुमाई, खगेन्द्र भट्टराई, सिर्जना बस्नेत, उपास्ना सुनार, सञ्जय बढही, बीरेन्द्र योगीले प्राबिधिकमा सहयोग गर्नु भएको थियो भने अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गरिएको क्लबका अध्यक्ष यादवले जानकारी दिनुभयो ।
यस अघि कार्तिक १० गते साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेड नेपालगन्जको आयोजनामा १२० जनाले रक्तदान गरेका थिए ।
