Monday, April 20सत्यम खबर
Shadow

चीनले सञ्चारमाध्यममा बलियो पकड गर्ने प्रयास गरेको आरोप

काठमाण्डौ, ११ कार्तिक –चीनले सञ्चारमाध्यममा सबै क्षेत्रमा बलियो पकड थप मजबुत गर्ने प्रयास थालेको अमेरिकी सञ्चारमाध्यमले आरोप लगाएका छन्। चीनले समाचार आउटलेट्समा निजी लगानीलाई प्रतिबन्ध लगाउने गरि प्रस्ताव ल्याएको उनीहरूको आरोप छ। चीनमा निजी सञ्चारमाध्यम भए पनि त्यहाँको कानुनअनुसार सरकारको मार्गनिर्देशनमा सञ्चालन हुँदै आएका छन् ।

अमेरिकी समाचार संस्था भ्वाइस अफ अमेरिकाले चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार चीनले निजी स्वामित्व भएका कम्पनीहरूलाई सञ्चारसम्बन्धी संस्थामा लगानी गर्न प्रतिबन्ध लगाउने गरी कानुन बनाउँदै छ। निजी लगानीमा समाचार संस्था स्थापना गर्न, सञ्चालन गर्न तथा विदेशी सञ्चारमाध्यमका समाचारहरू पुनःप्रकाशित गर्न रोक लगाउने गरी कानुन बनाउन लागिएको उक्त समाचार संस्थाले जनाएको छ।

यसमा विशेष गरी हङकङमा विपक्षीहरूको आवाजलाई सञ्चारमाध्यममा ठाउँ दिनबाट रोक लगाउने मनसाय लुकेको जानकारहरूको भनाइ छ । चीनसँग सम्बन्धित राजनीतिक टिप्पणीकार वु जुआलाईले भ्वाइस अफ अमेरिकालाई भनेका छन्, ‘कि चिनियाँ कम्युनिस्ट पार्टीले सबै समाचारमाध्यम र टेलिभिजन कार्यक्रमहरूलाई आफ्नो नियन्त्रणमा राख्न थप कडा कानुन बनाउन लागेको हो ।’ यस कानुनबारे चिनियाँ सामाजिक सञ्जालमा पनि छलफल सुरु भएको र सञ्चारसँग सम्बन्धित व्यक्तिहरूबीच चर्चा परिचर्चा चल्न थालेको पनि भ्वाइस अफ अमेरिकाले जनाएको छ।

रिपोर्टर विदाउट बोडर्स लगायतले चीनमा सञ्चारमाध्यममाथि भएको निगरानीको विरोध गर्दै आएका छन्। यद्यपि, चीनले भने पश्चिम जगतका टिप्पणीहरू आधारहीन रहेको बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *