Wednesday, April 22सत्यम खबर
Shadow

नेकपा एमाले खजुरा अध्यक्षमा धिताल निर्वाचित

खजुरा, ९ कार्तिक – नेकपा एमाले खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्र धिताल सर्वसम्मत निर्वाचित भएका छन् । खजुरामा सम्पन्न अधिवेशनले धिताललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहालाई चयन गरेको छ ।

नेकपा एमाले खजुरा गाउँपालिका कमिटी ७५ सदस्यीय भएका एमाले बाँके उपाध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उदघाटन समारोहमा केन्द्रीय सदस्य तथा सांसद नन्दलाल रोकाय, बाँके उपाध्यक्ष किस्मतकुमार कक्षपति लगायतले गुटविहीन एमाले बनाइने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *