Wednesday, April 22सत्यम खबर
Shadow

गर्ल्स कालेजमा शैक्षिक सामाग्री वितरण

कपिलवस्तु, ९ कार्तिक – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कालेजमा युनिसेफद्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको छ ।

डा. मन्जुर खाँको अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खाँ नेपाली, विशिष्ट अतिथिमा डा. सलमान खान, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खाँ, शैख अब्दुल रशीद मदनी, शैख अबरार मक्की, अब्दुल अजिम मदनी अतिथिहरूमा राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैश मक्की, सदस्य मोहम्मद मुस्लिम, सल्लाहकार अब्दुल अजिज, मौलाना अब्दुल नूर, डा. सइद, अब्दुल सत्तार, मौलाना एहसानुल्ला रहमानी लगायत रहनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्षले मदरसाको सवालमा मदरसा बोर्ड गम्भीर रहेको बताउँदै शैक्षिक सामाग्रीले विद्यार्थीको शैक्षिक विकासमा मद्त गर्ने बताए । कार्यक्रममा बोल्दै डा. सलमान खान ले लुम्बिनी प्रदेश मदरसा बोर्डले राम्रो काम गरिरहेको, हामीलाई यो कुरामा सोच्नु पर्नेछ कि मुस्लिम समुदाय शिक्षामा किन पछडिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी शैक्षिक सामाग्री प्रदान गरेको युनिसेफलाई धन्यवाद दिंदै विद्यार्थीहरू पढाईका साथ सथै व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै अबरार मक्कीले मदरसामा समेत शैक्षिक सामाग्री वितरण गरिएको कार्य सराहनीय रहेको बताउनुभयो l कार्यक्रममा बोल्दै अब्दुल रशीद मदनीले म विगत ४८ बर्ष देखि मदरसामा शिक्षा दिइरहेको बताउँदै यसबाट मुस्लिम समुदायको बालबालिकाहरू शिक्षा हासिल गरेर अगाडि बढून भन्ने भाव व्यक्त गरेका थिए ।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष डा.मन्जुर खाँले शैक्षिक सामाग्री दिने युनिसेफलाई विशेष धन्यवाद दिंदै कृष्णनगर नगरपालिका विद्यालय निरीक्षक बलराम पन्थीलाई समेत विशेष धन्यवाद दिंदै अगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाओस भन्ने भाव व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *