Wednesday, April 22सत्यम खबर
Shadow

नेकपा एमाले जानकी-१ काे वडाध्यक्षमा साेहराब निर्वाचित

नेपालगन्ज, ६ कार्तिक – नेकपा एमाले जानकी गाउँपालिका वडा नं. १ को वडा अधिवेसनबाट सोहराब खा सर्वसम्मत रुपमा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा एमाले अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नु भएको अधिवेसनबाट २० सदस्यीय वडा कमिटी गठन भएको छ ।

नेकपा एमालेको संगठन विस्तार तथा महाधिवेसनको मिति अनुसार आजै देश भरका ६ हजार ७ सय ४२ वडा कमिटी तथा शाखा कमिटीको अधिवेसन अध्यक्ष ओलीले एकैसाथ उदघाटन गर्नु भएको थियो ।

वडा अधिवेसनका लागि नेकपा एमाले जानकी गाउँपालिका कमिटीका प्रमुख आथित्य जयराम यादवको उपस्थितिमा सम्पन्न भएको थियो । उहाँका अनुसार अधिवेसन सम्पन्न गर्नका लागि पार्टीको विधान, पार्टी जिल्ला कमिटी र जानकी गाउँपालिकाको सर्कुलर अनुसार अधिवेसन सम्पन्न भएको हो ।

अधिवेसनले अध्यक्षमा सोहराव खाँ, उपाध्यक्षमा उमेश नाथ मिश्रा, सचिवमा सकिल अहमद राई, उपसचिबमाद्वय ओम प्रकाश काँदु र पुष्प खटिक निर्वाचित हुनु भएको छ ।

यसैगरी सदस्यहरूमा, विनोद काँदू, फागु खटीक, राम मिलन, दुर्गाप्रसाद बर्मा, लक्ष्मीनारायण शुक्ला, सरोवर काँदू, मञ्जु काँदु, चन्दतारा चमार, जमिरुल साई, निकमुद्दिन तेली निर्वाचित हुनु भएका छन् ।

अधिवेसनले गाउँपालिका अधिवेसनका लागि प्रतिनिधि चयन समेत गरेको छ । आजै वडा कमिटीको पहिलो बैठक बसी अधिवेसनको उदघाटन गरिदिनु भएकोमा पार्टीका केन्द्रीय अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष धन्यवाद प्रकट गरेको छ । यसैगरी आगमी बैठक मंसिर ५ गते बस्ने निर्णय गरेको जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *