Tuesday, March 10सत्यम खबर
Shadow

‘खाना बितरण कार्यक्रमले राहत प्रदान गरेको छ’ वडाध्यक्ष खत्री

कोहलपुर, २९ श्रावण– कोहलपुर नगरपालिका वा.नं.८ मा वडा अध्यक्ष रेशम खत्रीले खाना बितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो । माइती नेपलाले युएन ओमनको सहयोग र स्थानिय सरकारको समन्वयमा सञ्चालन गरेको पोष्टिक खाना बितरण कार्यक्रम आज (विहिबार) चवालिसौं दिनमा कोहलपुर नगरपालिकाको वा.नं.८ नयाँ बस्तिमा खाना वितरण गर्न पुगेको थियो ।


कोरोनाका कारण बन्दाबन्दीमा परेका, दैनिक ज्याला मजदुरी गरि जीवनयापन गर्ने व्यतिm र बिपन्न समुदायका परिवारका महिला बालबालिकालाई लक्षित गरि सञ्चालित खाना बितरण कार्यक्रमको शुभारम्भ गर्दै वडा अध्यक्ष खत्रीले यो खाना बितरण कार्यक्रमले कोरोनाका कारण समस्यामा परेका व्यतmी र परिवारका लागि राहत पुगेको बताउनुभयो ।


कार्यक्रममा कोहलपुर नगरपालिकाका बिधाएन समितिका संयोजक एवं वडा सदस्य भिमबहादुर नेपालीले यसरी बिपन्न समुदायलाई बस्तिमा आई खाना बितरण गरेकोमा धन्यवाद दिंदै यो संकटको समयमा सबैलाई समस्या परेको छ । त्यसमा पनि बिपन्न समुदायका महिला बालबालिका झन समस्यामा रहेको अवस्थामा यस्तो खाना बितरण कार्यक्रमले उनीहरुलाई प्रत्यक्ष लाभ प्रदान गर्ने भएको हँुदा यसको निरन्तरताका लागि समेत आग्रह गर्नुभयो ।


कार्यक्रममा वडा सदस्यहरु चाँदनी लामा, जसे चदार, प्रेम कामी लगायतको उपस्थिति रहेको थियो । खाना बितरण कार्यक्रम आज (विहिबार) चवालिसौ दिन पुग्दै गर्दा हालसम्म एघार हजार नौ सय पाँच छाक खाना बितरण गरिएको माईती नेपालका संयोजक केशव कोइरालाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *