Friday, April 24सत्यम खबर
Shadow

आज भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दलले नेपाल भ्रमण गर्ने

काठमाण्डौ, ३१ असोज – भारतमा सञ्रुचालित नेशनल डिफेन्स कोर्ष २०२१ को भ्रमण दलले नेपाल भ्रमण गर्ने भएका छन् । धिरेन भिआइजीको नेतृत्वमा रहेको ३९ सदस्यीय भ्रमण दलले असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्न लागेको हो ।

भ्रमण टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् ।

विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा सञ्चालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्र राष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको छ ।

छिमेकी मित्र राष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *