Friday, April 24सत्यम खबर
Shadow

नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवसर

नेपालगन्ज, ३० असोज – २८ वर्ष पछि नेपाली फुटवल इतिहासमा नयाँ इतिहास रच्ने अवशर प्राप्त गरेको छ । आज नेपाल र भारत विच खेल हुँदै छ र यो खेलबाट विजयी भई उपाधी हात पारेमा फुटवल जगतमा नेपालले इतिहास रच्ने अवशर मिल्ने छ ।
दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवशर प्राप्त गरेको छ । सन् १९९३ बाट सार्क गोल्डको नामबाट सुरु प्रतियोगिताले २८ वर्ष पार गरिसके पनि यो अवशर नेपाली टिमले प्राप्त गर्न सकेको थिएन । तर यस वर्ष भने फाइनलमा भिड्ने अवशर प्राप्त गरेको छ । यो अवशरसँगै नेपाली इतिहासमा फुटवलबाट इतिहास रच्ने अवशर समेत प्राप्त गर्ने भएको हो ।
माल्दिभ्समा जारी १३ संस्करणको साफमा भने नेपाललाई इतिहास रच्ने अवसर छ । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको छ । र, नेपालले आज शनिबार भारतविरुद्ध उपाधिका लागि खेल्दैछ । भारतको साफ इतिहास फरक छ । साफमा भारतको एक्लो दबदबा छ । भारतले कीर्तिमानी ७ पटक साफको उपाधि जितेको छ ।


साफमा नेपालको अहिलेसम्म कै सबैभन्दा राम्रो प्रदर्शन भनेको तेस्रो स्थानमा रहनु थियो । जुन सन् १९९३ को पहिलो सार्क गोल्डमा प्राप्त भएको थियो । राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपाल भारत र श्रीलंकापछि तेस्रो स्थानमा रह्यो । यस पटक भने नेपाली टिमले फाइनलमा स्थान बनाउँदै इतिहास बनाईसकेको छ । अब नेपाललाई अर्को इतिहास रच्न एक खुड्किलो बाँकी छ । त्यसको लागि भारतको चुनौती पन्छाउनु पर्नेछ ।
नेपालले आज भारतलाई हराएमा पहिलो पटक साफको उपाधि जित्नेछ । जुन नेपाली फुटबलको ऐतिहासिक दिन हुनेछ । हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ, नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भन्छन् । नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको मुख्य लक्ष्य नेपाललाई साफको उपाधि जिताउने छ । अल्मुताइरी पटक पटक भन्दै आएका छन् ।
तर, भारतको चुनौती पन्छाएर इतिहास बनाउनु नेपाललाई सहज छैन । दक्षिण एसियाली फुटबलमा नेपालको बाधक भारत बन्दै आईरहेको छ । लिग चरणको भेटमा समेत नेपाल भारतसँगै पराजित भएको थियो । सुरुआती दुई खेलमा जित निकालेको नेपाल तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएको थियो ।
नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ । यस्तै नेपाल भारतविरुद्धको बिगत भुलेर फाइनल खेल्नेछ । हामी विगतको बारेमा वास्ता गर्दैनौं । विगत पहिले नै गईसक्यो । हामीले विगतमा के गर्यौं । त्यसलाई मतलब गर्ने छैनौँ । हामीले फाइनल खेलको बारेमा मात्र सोचेका छौँ,कप्तान किरण भन्छन् ।
भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ । नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *