
ताहिर शेषराई (साहिल)
नेपालगन्ज, २९ असोज – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकलाई नेपालगन्जमा भब्य स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।
लुम्बिनी प्रदेश मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आएका प्रदेश सरकारका मन्त्री अथकलाई स्वागत गरिएको हो ।
वाइसीएल नेपाल नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको आयोजनामा बिहिवार स्वागत तथा अभिनन्दन कार्यक्रम गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट अतिथि तथा मन्त्री अथकले भन्नुभयो– ‘खेलकुदको विकास बिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव हुन सक्दैन ।’ उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि खेलकुदको विकास पूर्वसर्त रहेको कुरामा जोड दिनुभयो ।
सो कार्यक्रममा मन्त्री अथकले नेपालीहरुको दशैं, तिहार, छठ पर्व, नेवार समुदायको नेपाल सम्वत र मुस्लिम समुदायको मोहम्मद डेको शुभकामना समेत दिएका थिए ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य अतहर हुसैन फारुकी, मुस्लिम मुक्ती मोर्चा केन्द्रिय सचिवालय सदस्य काश्मिरा खातुन, नेकपा माओवादी केन्द्र नगर सदस्य रिजवान अहमद, वाइसीएल नगर कमिटी अध्यक्ष इमाम खान, नेकपा माओवादी केन्द्र नगर सचिव आदेश अग्रवाल, वाइसीएल जिल्ला कमिटी सदस्य किस्मत अलि शेष, समाजसेवी नन्दलाल वैश्य, वाइसीएल कार्यकर्ता तथा नेता सब्बीर अन्सारी र पत्रकार लगायतको समेत उपस्थिति रहेको थियो ।


