
नेपालगन्ज, २८ श्रावण– तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले बाँके जिल्लामा सञ्चालनमा रहेका आइसोलेसनहरुको मापदण्डका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

थर्ड एलायन्सले एक विज्ञप्ति जारी गर्दै संक्रमितहरुको संख्या बृद्धि हुने क्रम आईसोलेसन थप गर्ने निर्णय स्वागत योग्य भएको उल्लेख गर्दै होटलले आईसोलेसन बनाउनलाई तयार हुनु सकारात्मक पक्ष भए पनि आइसोलेसन सेन्टरमा बस्ने संक्रमितको उपचार तथा अन्य सुविधा प्रदान गर्नु सरकारको दायित्वभित्र परे पनि आइसोलेसन सेन्टरको रुपमा परिणत भएको नेपालगन्जको एक होटलले बिरामीहरुबाट चर्को रुपमा रकम असुली गरिरहेको पाइएकोले थर्ड एलायन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोहलपुरमा रहेको मेडिकल कलेजमा बनाइएको आइसोलेसन वार्डमा रहेका कोरोना भाइरस संक्रमितले वार्डमा खाना, पानी, फोन सुविधा तथा स्वास्थ्यकर्मीको उचित प्रबन्ध नरहेको भन्दै अन्यत्र राख्न माग गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा नेपालगन्जस्थित आइसोलेसन सेन्टर बनेको होटेलको आइसोलेनमा सारिएको भएपनि होटेलले दैनिक ४ हजारको दरले रकम माग गरेपछि कोरोनाका कारण तनाबपूर्ण अवस्था रहेको व्यक्तिलाई झन तनाब बनाएकोले यसप्रति गम्भीर बन्न थर्ड एलायन्स सम्बन्धित सबै पक्षस“ग अपिल गरेको छ ।
साथै सरकारको प्रत्यक्ष निगरानीमा रहेका आईसोलेसनहरुलाई थप व्यवस्थित बनाई होटलमा बस्ने बातावरण सृजना हुन नदिन तर्फ ध्यान केन्द्रीत गर्दै पिसिआर परिक्षणको दायरा बढाउन जरुरी रहेको विज्ञप्तीमा उल्लेख छ ।
संक्रमित व्यक्तिस“ग नियम विपरीत रकम असुल उपर गर्नु प्रचलित कानून र सरकारको मापदण्ड विपरित भएकोले यस्तो कार्य नगर्न नगराउन थर्ड एलायन्सले सम्बन्धित जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै भौतिक दुरी कायम राख्दै विश्वव्यापी रुपमा पैmलिएको कोभिड–१९ पूर्ण रुपमा नियन्त्रणको लागि नेपाल सरकारबाट जारी निर्देशनको पूर्ण पालना गरी नागरिक कर्तव्य निर्वाह गर्न अपिल समेत गरेको छ ।
यस्तै मानव अधिकार संरक्षण तथा प्रवद्र्ध केन्द्रकी सूचना अधिकारी पुजाकुमारी बैश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड बमोजिम क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयन गर्न सरकारस“ग अपिल गर्नु भयो ।
उहाँले कोरोना भाइरस (कोभिड–१९) भाइरस संक्रमण फैलिरहेको स्थितिमा हिरासत तथा कारागारमा रहेका थुनुवा र कैदी बन्दीको मानव अधिकार रक्षा गर्न आग्रह गर्नु भयो ।
कारागारमा रहेका थुनुवा, कैदी र बन्दी क्षमताभन्दा अधिक रहेको, खानेपानी, शौचालयसँगै सरसफाईमा समस्या देखिएको र भौतिक दूरी कायम गर्न पनि समस्या रहेको देखिएको जनाएको सूचना अधिकारी बैश्यले बताउनुभयो ।
बाँकेको नेपालगन्जमा रहेको कारागारका कैदीबन्दी संक्रमित देखिएकोले काराजगारमा रहेका सबै कैदी बन्दीहरुको कोरोना परिक्षण गर्ने तर्फ ध्यान केन्द्रीत गर्न जरुरी रहेको बताउनु भयो । बाँकेमा कोराना संक्रमितहरुको ६ सय ५७ पुगेको छ भने ४ सय ५ जना निको भएर घर फर्कि सकेका छन् भने २ सय ४९ जना आईसोलेसनमा उपचार गराई रहेका छन् । कोरोनाबाट बाँकेमा ३ जनाको मृत्यु भईसकेको छ ।
