कोहलपुर नगर विकास समितिका अध्यक्षलाई कारवाही गरिने — मन्त्री राई
बाँके,१३ असोज । सहरी विकास मन्त्री राईले मनोमानी तरीकाले आफनो मनपरी गर्न खोज्ने कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई कारवाही गरिने बताएका छन । सबैलाई पायक पर्ने स्थानमा रहेको भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुर सार्ने चलखेल गरेको भन्दै खडकालाई कारवाहीको दायरामा ल्याउने मन्त्री राईले बताएका हुन ।
जिल्लाको ग्रामीण क्षेत्रलाई समेत समेटिने गरि यातायात ब्यवस्था कार्यालय को लागि नेपालगञ्जनै उपयुक्त रहेकोले त्यस लाई अन्त्य सार्ने कुरा आफुलाई मान्य नहुने मन्त्री राईको भनाई रहेको छ ।
बाँकेको नेपालगञ्ज स्थित भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुरमा सार्न चलखेल गरेको भन्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई सहरी विकास मन्त्रालयले स्पष्टीकरण समेत सोधेको छ ।
सहरी विकास मन्त्री राईको निर्देशनमा सहरी विकास मन्त्रालयकी सीडीई रमिता श्रेष्ठले यातायात कार्यालय सार्ने विषयम...