Monday, April 13सत्यम खबर
Shadow

सरकारले पूर्णता नपाउनु लोभी–पापीहरुको हड्डीको लडाइँ : अध्यक्ष ओली

नेपालगन्ज, ६ असोज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभइ केही कुहिएर झरेका पात मात्रै बाहिरिएको बताएका छन् ।
बुधबार एमाले जिल्ला कमिटी बाँकेद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी फुटेको होइन, केही कुहिएर झरेका पात बाहिरिएका मात्रै हुन् ।’


समृद्ध नेपालको सपना पूरा हुन नदिनेहरुले जालझेल गरेर सरकारबाट हटाए पनि अर्को निर्वाचनमा बहुमत ल्याएर सपना पूरा गर्ने दाबी गर्नुभयो । ओलीले ७२ दिनदेखि शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता नपाउनु लोभी–पापीहरुको हड्डीका लागि लडाइँ भएको आरोप लगाए ।


ओलीले माओवादी केन्द्र र पुष्पकमल दाहाल प्रचण्डको पछि लाग्नु विनाशको बाटोबाहेक केही नभएको बताए । उनले भने, ‘माओवादी केन्द्रले गएको निर्वाचनमा ५ सिट ल्याउने अवस्था थिएन । हामीहरुले ३६ सिट जितायौँ । जुन हातमा दूध र भात दियौँ, त्यहीँ हातले प्रचण्डले टोकी दिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *