
नेपालगन्ज, ३० श्रावण – बाँकेको खजुरा गाउँपालिकाका बिद्यालयहरुका लागि स्टीम एजुकेशन सम्बन्धी तीन दिने तालिम नेपालगन्जमा शुरु भएको छ ।
बिद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले शुक्रबारदेखि नेपालगन्जमा तीन दिने स्टीम एजुकेशन तालिम शुरु भएको हो । तालिमको उद्घाटन शत्रमा बोल्दै खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले शिक्षालाई गुणस्तरीय बनाउन यो तालिम अति उपयोगी भएको बताउनुभयो । उहाँले स्टीम एजुकेशनले शिक्षकहरुमा नयाँ उर्जा थप्ने धारणा राख्नुभयो ।
विद्यालयमा लैंगिक समानता प्रवर्दन गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले बाँकेको एक र बर्दियाका तीन स्थानीय तहका कक्षा शिक्षकलाई शिक्षकहरुका लागि प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण तथा प्रयोगका लागि तालिम संचालन गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारी तथा खजुरा गाउँपालिकाको समन्वय, सहकार्यमा सिकाई परियोजना संचालन भएका विद्यालयका कक्षा शिक्षकहरुलाई तालिममा सहभागि गराइएको छ ।
शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्दत पुग्ने आयोजकको अपेक्षा छ ।
तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण हुने छ । तालिमममा बाँके खजुरा गाउँपालिकाको वडा नं ३ मा रहेको जनता नमूना माध्यमिक बिद्यालय, नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय बसन्तापुर र वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय तिर्खा प्राथमिक बिद्यालय र अम्बेमाता आधारभूत बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिा रहेको छ ।
स्याकका अध्यक्ष शिवलाल पाण्डेको अध्यक्षतामा भएको उद्घाटन शत्रमा खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख मल्ल, प्रशिक्षक तथा त्रिभुवन बिश्वबिद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्रधाध्यक इन्द्रमणि श्रेष्ठले सम्बोधन गर्नुभएको कार्यक्रमलाई स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले संचालन गरेको परियोजनाका सुपरभाइजर रज्जब अली वागवानले जानकारी दिनुभयो ।
